काठमाडौं । नेपाली कलाकारितामा एक चर्चीत नाम हो सिर्जु अधिकारी । गायिका तथा मोडेल सिर्जु अधिकारी संगीत क्षेत्रमा व्यस्त छिन् । उनको एक पछि अर्को गीत सार्वजनिक भईरहेको छ ।
एक महिना अगाडी ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । जुन गीत लोकप्रीय बन्यो । सबैले रुचाएको गीत बनेको ब्याण्ड बाजापछि हालैमात्र उनको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । अधिकारीको नयाँ गीत ‘आकाश धर्ति जुनको’ गीत सार्वजनिक भएको छ ।
अलराउण्डरको रुपमा पहिचान बनाएकी सिर्जुको यो गीतलाई स्रोता तथा दर्शकहरुले रुचाएका छन् । ‘आकाश घर्ति जुनको एउटा मान्छे दुईतिर लभ गर्छौ मेरो हौँ कि उनको’ बोलको नयाँ शैलीमा रहेको यो गीतमा गायिका सिर्जु अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ ।
सार्बजनिक गीतमा कृष्ण राजा बाबुको शब्द तथा संगीत र कृष्ण वि.केको संगीत संयोजन रहेको छ ।
शंकर वि.सीको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा कृष्ण राजा बाबु र सिर्जु अधिकारीको अभिनय रहेको छ ।
सिर्जु अधिकारीको अफिसियल युटुब च्यानलवाट सार्वजनिक भएको गीतमा निकै राम्रो प्रतिक्रिया पाएको छ । ‘आकाश घर्ति जुनको गीत हालैमात्र मेरो यूट्यूबबाट सार्वजनिक गरेको छु, अरु गीतभन्दा फरक छ यो गीत’ उनले भनीन‘दर्शक,स्रोताहरुको माया पाउछ भन्ने अपेक्षा गरेको छु ।
भिडियो

