बिहिबार, असार ११, २०८३

एनआरएनए जापानले विद्यार्थी लक्षित रोजगार सेमिनार आयोजना गर्ने

टोकियो । एनआरएनए जापानले बिधार्थीहरु लाई लक्षित गर्दै बिभिन्न समयमा सेमिमार तथा छात्रवृत्ति लगायतका प्रत्यक्ष सुविधा लिन सकिने योजना तथा कार्यक्रमहरु गर्दै आएको छ ।

सोहि बमोजिम यहि २०१९ फ्रेवरी २३ तारिक सनिबार दिवा २:०० बजे बाट ५:०० बजे सम्म बिधार्थीहरु लाई लक्षित गर्दै सेमिनार गर्ने भएको छ।बिधार्थी हरुले कम्पनि हरुमा काम कसरी पाउने र भिजा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बिँषयमा १ दिने सेमिनार गर्ने भएको हो। IHNO को सहयोगमा आसागया स्थित हलमा उक्त सेमिनार गरिने छ। जापान मा काम तथा वर्किङ भिसा कसरी प्राप्त गर्ने तथा अप्रिल बाट सुरु हुने नयाँ प्रणाली बाट जापान मा हुने विद्यार्थी ले पाउन सक्ने अबसर को बारेमा बृहत छलफल सेमिनार मा हुने आयोजकको तर्फ बाट अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनु भयो।

कार्यक्रममा हजारौं बिदेशी कामदार हरु लाई काम दीइरहेको आउट सोर्सिङ ग्रुप बाट पनि आवश्यक कामदार को जानकारी रहने भएकोले मौका को फाईदा लिन सक्नु हुनेछ ।東京都杉並区阿佐谷南3-2-19 ,हलमा सो सेमिनार हुने छ।यस अघि पनि २०१८ जुन ३ तारिक बिधार्थीको लागि Job Seminar गरेकोमा १००औं बिधार्थीको सहभागिता रहेको थियो। ईच्छुक विद्यार्थीहरुलाई, nrnanccjapan@gmail.comमा आफ्नो नाम टिपाउनु हुन एनआरएनए जापानका महासचिव बुद्दीराज घिमिरेले अनुरोध गर्नुभएको छ ।