सोमबार, बैशाख ०७, २०८३

न्यू भिजन ग्रुप कोरियाको संयोजकमा संजिव राई चयन

कोरिया । न्यू भिजन ग्रुप”दक्षिण कोरियाको अध्यक्षमा संजिव कुमार राई चयन भएका छन । आईतबार गिम्हेको गिम्हे माईग्रेन्ट हाउसमा भएको पहिलो अधिवेशनमा राइ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । यसैगरी उपसंयोजकहरुमा लोकेन्द्र सुवेदी र आङ छिरिंग शेर्पा , सचिव जीवन शर्मा , सह–सचिव मोहन चन्द्र चालिसे , कोषाध्यक्ष रमेश श्रेष्ठ , चयन भएका छन । कोरियामा रहेका नेपालीहरुलाई नया सदस्यता लिन सकिने भन्दै सह कोषाध्यक्ष सहित ३३ सदस्यीय कार्यसमिति रहने बताइएको छ । अधिवेशनको निर्वाचन मण्डलहरुमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष खेम कार्की , अन्तराष्ट्रिय समन्वय समाज दोलखाको अध्यक्ष दीपेन्द्र अघिकारि र न्यू भिजन ग्रुपका अनिश गुरुंग रहेका थिए ।
कार्यक्रममा यस अघि न्यू भिजन सांस्कृतिक कार्यक्रमका सहयोगीहरुलाई सम्मान समेत गरिएको छ । सांस्कृतिक कार्यक्रम गर्दा भएको नाफाबाट नेत्रहिन संघ नेपालमा सहयोग समेत गरिएको जानकारी सहित संस्थाको आय ब्यय प्रस्तुत गरिएको थियो । किम्हे माईग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीको प्रमुख आथित्यमा भएको कार्यक्रममा यस क्षेत्रका सबै संघ संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो । प्रतिबद्दता मन्तब्य दिदै निर्बाचित सन्जिब राईले सम्पुर्ण सघं -सस्थाहरु सँग आगामी कार्ययोजनाको बारे छलफल गर्दै सहकार्य गरेर अगाडी बढ्ने कुरा बताउदै निरन्तर सामाजिक कार्य सँग-सँगै सामुहिक लगानिको अबधारणा समेत राख्नु भएको थियो । ग्रुपका निवर्तमान संयोजक अनिश गुरुंगको सभापतित्वमा भएको कार्यक्रमलाई सचिब बिबिन्द्र राईले सन्चालन गर्नुभएको थियो।