टोकियो । जी.पी कोइराला फाउण्डेशन जापानको अध्यक्षमा नेपाली कांग्रेसका नेता कुमार कार्की नियुक्ति हुनु भएको छ ।
जापानमा ब्यवसाय र सामाजिक कार्यमा सक्रिय कार्कीलाई फाउण्डेशनको जापान शाखामा नियुक्ति गरेको हो ।
कर्की लाई सन् २०१९ जनवरी २४ मा फाउण्डेसनले नियुक्ति दिँदै २ वर्षका लागि अध्यक्ष पदमा नियुक्ति गरेको पत्रमा उल्लेख छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष एवम पूर्व प्रधानमन्त्री स्व गीरिजाप्रसाद कोइरालाको स्मृर्तिमा स्थापित तथा पुर्व उप-प्रधानमन्त्री एवम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला अध्यक्ष रहेको जि पी कोइराला फाउण्डेसनले बिधिवत् रुपमा जापानमा नयाँ कार्य समितिलाई पूर्णता दिँदै कार्कीलाई अध्यक्ष नियुक्तिमा गरेको थियो ।
उक्त नियुक्ति सगै नव नियुक्त कार्किले फाउण्डेशनको लागी सल्लाहकार बढीमा ७ जना र केन्द्रीय कार्यसमिति ९ देखी ११ जना रहने जनाएको छ ।
क्षेत्रिय समिति समेत गठन गर्न सक्ने अधिकार दिएको छ । त्यस्तै सन्चार बिभाग,विध्यार्थी बिभाग ,युवा बिभाग,सांस्कृतिक बिभाग,आर्थीक बिभाग ,महिला बिभाग,खेलकुद बिभाग समेत बनाउन पाउने जनाएको छ ।

