काठमाडौं । धरानका रमेश प्रसाई एपी वानबाट प्रसारित पब्लिक स्पिकरका विजेता बन्न सफल भएका छन् ।
रमेशले फाइनलमा देशका अन्य ५ प्रतिष्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।
विजेता प्रसाईले नगद तीन लाख, ट्रफीका साथै विदेश सयर गर्न पाउनु हुनेछ । यस्तै फस्ट रनर अफ काठमाण्डौका प्रणव काफ्ले र सेकेन्ड रनरअफ मानसी ठाकुर भएकी छन् । एक्रिटिभ मिडियाद्वारा आयोजना भएको प्रतियोगताको माघ १० र ११ गते भएको फाइनलमा अन्य पाच जनालाई पछि पार्र्दै रमेश विजता बनेका हुन् । रमेशले पब्लिक स्पीकरको विजेतासंगै पब्लिक च्वाई अवार्डको उपाधि समेत जित्न सफल भएका छन् ।
प्रतियोगितामा देशभरका १२ स्थानबाट १हजार एकसयल प्रतिष्पर्धा गरेका थिए । अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जना एका करीब ११०० युवाका माझबाट छनोटमा पर्न सफल ६ जनाले सशक्त प्रस्तुति दिएका थिए।मक वानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्वल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गबीच अन्तिम प्रतिस्पर्धा भएको थियो।
सेमी फाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकुरले भने पब्लिक भोटिङ्ग मा र्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् ।

