डा.गोविन्द केसीज्यू ।
तपाईंका मागमा सहमत नेपाली धेरै छन् । म पनि तपाईंका कतिपय मागमा सहमति राख्छु । तथापि संसदले निर्णय गरेको छ । जनताले भोट दिएर बनाएको संसदको निर्णयमा विमति राख्न सकिन्छ तर जोरजुलम गर्नु मनासिब हुँदैन । विधि र प्रकृयाको सम्मान गर्दै अनसन त्याग्न विनम्र आग्रह छ ।
केसीको जीवन रक्षा सरकारको दायित्व हो । यो दायित्व केसी वरिपरिका रणनीतिकार, योजनाकार तथा हल्लाकारहरुको पनि हो । केसीलाई उकास्ने, अझै अनसन बस्न उत्तेजित पार्ने तथा उनको ज्यानमा खेलवाड गर्ने अपराध कसैले नगरोस्।
जुन स्वरुपको विधेयक पारित भएको छ यसमा गोविन्द केसीको ठूलो योगदान छ । केसीले दवाव सिर्जना नगरेको भए यस्तो स्वरुपको विधेयक किमार्थ पारित हुँदैनथ्यो । त्यसैले केसीले पारित विधेयकको अपनत्व लिनुपर्छ कार्यान्वयनका लागि खबरदारी गर्नुपर्छ ।
मुख्य कुरा- तत्काल अनसन त्याग्नुस् ।
@राजकुमार रेग्मी

