टोकियो । जनावरी २७ तारिख आईबार,टोकियोमा बौद्धिक सम्पत्ती माथी श्रष्टाहरुको अधिकार विषयक अन्तरकृया कार्यक्रम आयोजना गरिने भएको छ ।
म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, न बिर्से तिमीलाई न पाए तिमीलाई, बल गरेर त्यो मन यता मोड भन्दिन म, मैले त्यही भएर मन पराको, बल्ल बल्ल भेट भो दर्शन नमस्ते लगायत एक सय भन्दा बढी नेपाली चलचित्र त्यस्तै १५०० भन्दा बढी कालजयी नेपाली सुगम संगीतका बरिस्ठ संगीतकार, गीतकार,कलाकार रोयल्टी समाज नेपालका माहसचिब नेपाली श्रस्ठा सर्जकहरूका अधिकारका निम्ती निरन्तर लडिरेका योद्धा ,महेश खड्काको उपस्थितीमा सो कार्यक्रम गर्न लागिएको हो ।
खड्का, दक्षिण एसियामा सबै भन्दा धेरै सर्जकहरूका अधिकार साथै सबै भन्दा धेरै रोयल्टी संकलन गर्न सफल देश जापानमा अन्तराष्ट्रिय बौद्धिक सम्पती संगठन World Intellectual Property Organization(wipo)ले आयोजना गरेको कार्यक्रममा भाग लिनको लागी यतिबेला जापानमा हुनुहुन्छ। यहि अवसर पारेर, राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल,जापान शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टर को संयुक्त आयोजनामा कार्यक्रम गरिने भएको हो ।
बौद्धिक सम्पत्ती माथीको अधिकार अनि प्रवासबाट यसको भुमिका र अबसरका बारेमा जानकारी संगसंगै स्रस्टा/सर्जकहरुको बलियो सहभागिताका निम्ती आवश्यक प्रक्रियाका बारेमा खड्का जापानमा रहेको बेला जापानस्थित सम्पुर्ण कलाकार,श्रस्टा-सर्जक हरूका बौद्धिक सम्पती माथीको अधिकार बिषयक बृहद छलफल तथा अन्तरक्रिया कार्यक्रम एवम् महेश खड्का एकल सांगितिक साँझ को आयोजना गर्न लागीएको बताईएको छ ।
कार्यक्रम, आगामी आईतबार जनवरी २७ तारिकका दिन टोकियोको शिनओकोकोवु स्थित बारकाडे गुड टाईम्समा हुनेछ । उक्त कार्यक्रममा जापानमा रहेका सम्पुर्ण गायक, संगितकार, गितकार, साहित्यकार लगाएत सबै बिधाका श्रष्टा-सर्जक,एवं यससंग रुचि राख्नुहुने सबैलाई उपस्थिती को लागि आयोजक संस्थाहरुले आग्रह गरेका छन् । @ nepalnewspost

