बिहिबार, असार ११, २०८३

जनसम्पर्क समिति जापानको ७ औं अधिवेशन अन्यौलमा ,कारण बन्यो आरजुलाई वेवास्ता

टोकियो । नेपाली काँग्रेसको प्रवासी भातृ संगठन जनसम्पर्क समिति जापानको अधिवेशन अन्यौलमा परेको छ ।
जनवरी २७ तारिख गर्ने भनिएर तयारी गरेको ७ औं अधिवेशन केन्द्रको निर्णय र निर्देशन नआएपछि अन्यौल भएको छ । गत नोभेम्वर २८ बुधवारका दिन टोकियोमा बसेको जनसम्पर्क समिति केन्द्रीय कार्यसमितीको बैठकले २७ तारिख अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सभापति लालवहादुर के सी (रोशन) नेतृत्वको कार्यसमितीको म्याद नोभेम्वर अन्तिम सम्म रहने भनेर बिधानमा उल्लेख गरिए पनि केन्द्रीय कार्यसमितीको बैठकले ३ महिना म्याद थप गरि जनवरी २७ मा अधिवेशन गर्ने गरि निर्णय गरेको थियो । समय तोकेर पनि पार्टी केन्द्रको निर्देशन नआएपछि अधिवेशनका लागी कार्यसमितिले असक्षम भएको छ । २७ तारिख केहि दिन मात्रै हुँदा कुनै तयारी नभएकाले अधिवेशन नहुने लगभग निस्चित भएको जनसम्पर्क समिति जापानका एक नेताले जानकारी दिनुभयो ।
म्याद सकिनै लाग्दा अन्तिम समयमा आएर हतार हतारमा जनसम्पर्क समिति जापानको क्षेत्रीय समितीहरुको अधिवेशन गरेको थियो ।
नेपाली जनसम्पर्क समिति जापानको वर्तमान कार्यसमितीको म्याद सहमती अनुसार नोभेम्वर ३० मा स्वत सकिने भएकोले पार्टीको अर्को निर्णय नहुन्जेल सभापतिको हैसियतमा कुनै काम कारवाही नगर्नु हुन भनेर मंसिर २५ मा पार्टी केन्द्रले पत्र लेखेर पठाएको थियो तर पार्टीले हालसम्म कुनै निर्णय नगरेकोले अधिवेशन कहिले गर्ने नगर्ने भनेर अन्योलमा रहेको जनाएको छ ।

सहमहामन्त्री युवराज अधिकारीलाई २ बर्षका लागी साधारण सदस्य पनि नरहने गरि निष्कासित नगरेको पनि जानकारी दिनुभयो । जनसम्पर्क समिति जापानका एक नेताले जानकारी दिनुभयो ।

अन्यौलको कारणा बन्यो देउवापत्नी आरजु राणा जापान आउँदा वेवास्ता

सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा जापान आएको समयमा जापानमा बसोबास गर्ने नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरुले वेवास्था गरेको कारणा यो अन्यौल हावि भएको छ ।
कांग्रेसको केन्द्रीय कार्यालयले जापानस्थित कांग्रेसको जनसम्पर्क समितिलाई लेखेको पत्रका कारण जापानका कांग्रेस कार्यकर्ताहरु दुःखी बनेका छन् ।

सभापति शेरबहादुर देउवाले किन त्यसप्रकारको पत्र लेख्न निर्देशन दिए भन्ने विषयमा विभिन्न अनुमान गर्न थालिएको छ । केही समयअघि देउवापत्नी आरजु राणा जापान आएको समयमा जनसम्पर्क समितिका पदाधिकारीहरु राणालाई भेट्न नगएकोले सम्पर्क समितिको म्याद थप नगर्न पत्राचार गरिएको ठहर जापान कांग्रेस कार्यकर्ताले अनुमान गरेका छन् ।

देउवापत्नी आरजु राणा जापान आउँदा कुनै जानकारी र भेट्न जादाँ समेत भेट्न नदिएपछि जापानका जनसम्पर्क समिति नेताहरु रुष्ट भएका जापानका एक नेताले मातृ सन्देश डट कमलाई जानकारी दिनुभयो ।