टोकियो । नयाँ शक्ति पार्टी नेपालको प्रवास प्रदेश एसिया प्यासिफिकमा चयन हुनु भएका पूर्व विद्यार्थी नेता धनबहादुर बिक सहसचिवमा निर्वाचित भएसंगै बिदेशमा सिकेको ज्ञान,शिप र प्रबिधिलाई एकजुट भएर देशमा भित्र्याउन आवश्यक भएको बताउनु भएका छन् ।
नयाँ शक्ति पार्टीले लिएको आर्थीक समृद्धिको नीति राम्रो भएका कारण त्यस पार्टीमा संगठित भएको बताउँदै उनले देशको समृद्धिका लागि सक्दो भूमिका खेल्ने बताए ।
‘रोजगारीको समस्याका कारण विश्वमा फैलिएका नेपाली युवा शक्ति विश्का प्रविधि सिकेर आफ्नै देशको विकासका लागि फर्कनुपर्छ । हाम्रो प्रवासको यो संठनले त्यसका लागि सक्दो भूमिका खेल्छ । हाम्रो मुख्य उद्देश्य भनेकै नेपाल समृद्ध देश बनोस र हामी विदेशमा रहेका युवाहरु नेपालमै फर्केर काम गर्न पाइयोस भन्ने हो ।’ विकको भनाइ थियो ।
अधिवेशनबाट बीरेन्द्र नेगीको अध्यक्षतामा ५१ सदस्यीय समन्वय समिती चयन भएको एसिया प्यासिफिक जिल्ला निर्वाचन अधिकृत भक्त शेरचनले बताएका छन् ।
नयाँ शक्ति पार्टीको प्रवास प्रदेश अन्तर्गत ७ जिल्ला रहेका छन् । जसमध्ये एसिया प्यासिफिक पनि एउटा जिल्ला हो । यस जिल्ला अन्तर्गत कोरिया, जापान, मलेसिया, हङकङ, मकाउ, थाईल्यण्ड रहेका छन् । जिल्ला मातहतका देशहरुबाट झण्डै १४० सक्रिया सचिवालय सदस्यहरुको सक्रिया सहभागितामा ५१ सदस्यीय नयाँ समिती सर्वसम्मत निर्वाचित भएको नेता विकले जानकारी दिए ।
अधिवेशनमा नयाँ शक्ति पार्टीको हेडक्वार्टर सदस्य तथा सङ्गठन विभाग प्रमुख गङ्गा श्रेष्ठ, सङ्घीय निर्वाचन आयोग प्रमुख कृष्ण शर्मा, प्रवास प्रदेश ईन्चाज देवेन्द्र पराजुली, प्रवास प्रदेश संयोजक धन गुरुङलगायत पार्टीका प्रादेशिक विभिन्न जिम्मेवारी सम्हाल्नुभएका नेताहरुको उपस्थिति थियो ।
पाँच ‘स’ को प्रतिवद्धतासहित ‘अबको निकास, समावेशी विकास, समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने नारासहित विगत तीन वर्षदेखि डा । बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टीले वैकल्पिक राजनीतिको अभियान शुरु गरिरहेको छ ।

