शुक्रबार, बैशाख ०७, २०८१

‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ वजारमा ( भिडियोसहित…)

ललितपुर । मोडलिंङ क्षेत्रमा उदाउदै गरेकी मनिषा सापकोटा र विजय श्रेष्ठ अभिनित नयाँ आधुनिक गीत ‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ वजारमा आएको छ ।

निर्माण टिमले निक्कै मेहनत गरेका छन् । गोदावारीको सुन्दर दृश्यहरुले गीतलाई रोमाञ्चक वनाएको छ । ‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ बोलको गीतको शब्द र आवाज विजय श्रेष्ठको रहेको छ । संगीत जीतेन लेप्चाले दिएका छन् ।

मनिषा सापकोटा उदियमान कलाकार हुन् । म्यूजिक भिडियोको लागि उनको माग वढेको छ । उनले यो समेत पाँच वटा म्यूजिक भिडियोमा अभिनय गरेकी छिन । एउटा फिल्ममा समेत अभिनय गरि सकेकी मनिषाले छुटटै पहिचानका साथ अन्य फिल्ममा अभिनय गर्ने वताएकी छिन ।
नव मोडल मनीषाले भविष्यमा यहि क्षेत्रबाट उदाउने बताएकी छिन ।