मङ्गलबार, बैशाख ०८, २०८३

नयाँ शक्तिको एसिया प्यासिफिक समन्वय समिति गठन

टोकियो । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति पार्टी नेपालको प्रवास प्रदेश अन्तर्गत रहेको एसिया प्यासिफिक जिल्ला समन्वय समिति गठन भएको छ ।
एसिया महादेशमा नयाँ शक्ति पार्टी समर्थितहरूको भेलाले बीरेन्द्र नेगीको अध्यक्षतामा ५१ सदस्यीय समन्वय समिति चयन भएको छ ।
नयाँ शक्ति पार्टीको प्रवास प्रदेश अन्तर्गत ७ जिल्ला रहेका छन् । जसमध्ये एसिया प्यासिफिक पनि एउटा जिल्ला हो । यस जिल्ला अन्तर्गत कोरिया, जापान, मलेसिया, हङकङ, मकाउ, थाईल्यण्ड रहेका छन् । जिल्ला मातहतका देशहरुबाट झण्डै सक्रिय सचिवालय सदस्यहरुको सक्रिय सहभागितामा ५१ सदस्यीय नयाँ समिती सर्वसम्मत चयन गर्न सफल भएको जनाएको छ ।

अधिवेशनमा नयाँ शक्ति पार्टीको हेडक्वार्टर सदस्य तथा सङ्गठन विभाग प्रमुख गङ्गा श्रेष्ठ, सङ्घीय निर्वाचन आयोग प्रमुख कृष्ण शर्मा, प्रवास प्रदेश ईन्चाज देवेन्द्र पराजुली, प्रवास प्रदेश संयोजक धन गुरुङलगायत पार्टीका प्रादेशिक विभिन्न जिम्मेवारी सम्हाल्नुभएका नेताहरुको उपस्थिति रहेको थियो ।

पछिल्लो चरण नयाँ शक्ति पार्टीले देश तथा विदेशमा सङ्गठन तीव्र गतिमा निर्माण गर्दै अघि बढेको छ ।
नेपालमा यहि माघ १५ गतेदेखि फाल्गुन १५ गतेसम्म नेपालको चिवा भन्ज्याङ ( पाँचथर )देखि –झुलाघाट (वैतडी) सम्म असल राजनिती र समावेशी विकासका लागि जनसंवाद नाराका साथ मध्य पहाडी लोकमार्ग यात्रा तया गर्ने भएको छ । पाँच (स) को प्रतिवद्धतासहित (अबको निकास, समावेशी विकास) समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने उद्घोषका साथ शक्तिशाली तेस्रो राजनितिक ध्रुव निर्माण गर्न नयाँ शक्ति आक्रामक रुपमा अभियानमा जुटेको देखिन्छ ।
नयाँ समितीमा अध्यक्ष वीरेन्द्र नेगी मलेशिया,उपाध्यक्ष मेघनाथ खराल जापान,उपाध्यक्ष मनोज गौतम हङकङ,उपाध्यक्ष चिरन्जिवी सैँजु थाइल्याण्ड,सचिव श्याम ईङनाम हङकङ,सहसचिव कल बहादुर तामाङ मकाउ,सहसचिव भिष्मभिर छन्त्याल कोरिया,सहसचिव धन बहादुर बिक जापान,कोषाध्यक्ष होमेश्वर ठाकुर मलेशियाबाट चयन भएका छन ।
सदस्यहरूमा सुनिल देवकोटा,भानु देवकोटा,मोती गुरुङ,अमित रायमाझी,लक्ष्मी दुलाल,डम्मर बोहोरा,गगन जंग,ध्रुव सुबेदी,प्रकाश श्रेष्ठ,गणेश लामिछाने,शंकर पोखरेल,युवराज खत्री,नरी कंडेल जापानबाट चयन भएका छन भने सदस्य जीवन सशाङ्कर,हेमनाथ खरेल,रमेश बजगाईं,बुद्धि गुरुङ,राजेश चौधरी कोरियाबाट चयन भएका छन र सदस्य मलेशिया नर पुन,ईश्वरदेव मुखिया,लक्ष्मण थापा,बिमल रानाछन भने थाईल्यांण्ड्बाट एक जना मन्जु बानियाँ छन मकाउबाट बाबुकाजी श्रेष्ठ,प्रजुन अधिकारी,डमर चौधरी,ईश्वर श्रेष्ठ,कृष्ण सुनार,सुजन कुमाल,अशोक कुमार गुरुङ,सुरेश सिंह सुनार,विकास वन छन भने हङकङ बाट मनहाङ लिम्बु,बिनोद लामा,विश्व घिसिङ,शम्सेर तुम्बाहाङफे,नन्द चान्सु,लोकेन्द्र परियार,नेत्र तिमिल्सिना चयन भएका छन ।