
टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए)जापानले २०१९ फेव्रअरी ११ तारिख १५ औं बर्षमा प्रवेश गरेको उपलक्षमा बनभोज कार्यक्रम गरि एेतिहासिक रुपमा बर्षगाँठ मनाउने भएको छ ।
सो कार्यक्रम महिला उपाध्यक्ष अनिता गुरुङ ,कोषाध्यक्ष कालिका थापा र महिला संयोजक सबिता श्रेष्ठको संयोजकत्वमा रासपले १५ औं बर्षगाठ बनभोज व्यवस्थापनको जिम्मा दिएके छ ।
सो बनभोज कार्यक्रममा यसै सुचनालाई आधारमानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।कार्यक्रममा संभव भएमा उपस्थितको लागि र असंभव भएमा आआफ्नो क्षेत्रमा क्षेत्रीय समितिहरुले १५ औं बर्ष गाँठ मनाउन अनुरोध गरेको महासचिव वुद्धीराज घिमिरेले जानकारी दिनुभयो ।
बनभोज कार्यक्रम योकोहामा सि तोचुका कु सिमोकुरातामाचि मा आयोजना गरिने छ । महिलाहरुको लागि प्रवेश शुल्क ¥२,५०० र पुरुपहरुको लागि प्रवेश शुल्क ¥३,००० लाग्ने जनाएको छ ,भने कार्यक्रमबाट बचत रकम अन्तराष्ट्रिय महिला फुटवल र एनआरएनए जापानको राहतकोषको लागि रहने अध्यक्ष टासी वाङदी लामाले बताउनु भयो ।

