
टोकियो । बिगत बर्ष झैं यस बर्ष पनि नेपाकेन र रिस्स्यो बिश्वबिद्यालयको संयुक्त आयोजनामा जापानी भाषा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
टोक्यो स्थित यामानोते लाइनको ओसाकि स्टेशन नजिक रहेको रिस्स्यो बिश्वबिद्यालयको सभाहलमा हुने यस प्रतियोगितामा,प्रथम पुरस्कार ५० हजार येन,दोस्रो ३० हजार येन र तेस्रो २० हजार येन रहनेछ भने दर्शकको रोजाइमा पर्ने अडियन्स पुरस्कार १० हजार येन रहने आयोजक संस्थाले जानकारी गराएको छ ।
नेपाली राजदुताबास,एन आर एन जापान लगायत् बिभिन्न संस्था तथा ब्यक्तित्वहरुको सहयोग रहने यस प्रतियोगितामा सहभागी हुन इच्छुक बिद्यार्थीहरूले यही फेब्रुअरी २८ तारीख सम्ममा अनलाइन फारम भरेर पठाउनु हुन आयोजक कमिटीले अनुरोध गरेको छ । साथै दर्शकको रुपमा अबलोकन गर्न, र भोलेन्टियरको रुपमा सहयोग गर्न इच्छुक महानुभाबहरूले पनि छुट्टाछुट्टै अनलाइन फारम भरेर पठाउन
र मार्च १७ तारीख रिस्स्यो दाइगाकु सिनागावा क्याम्पस टोक्योको सिनागावामा हुने आयोजक संस्थाले जनाएको छ ।

अनलाइन फारम https://sites.google.com/view/nepaken

