मङ्गलबार, बैशाख ०८, २०८३

रिपुमर्दन अधिकारी एक कर्तव्यनिष्ठ व्यक्तित्व : वरिष्ठ नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटीका वरिष्ठ नेता माधवकुमार नेपालले रिपुमर्दन अधिकारी एक कर्तव्यनिष्ठ व्यक्तित्व भएको बताएका छन् ।
शनिवार रिपमर्दन स्मृति प्रतिष्ठानद्धारा काठमाडौंमा आयोजित अधिकारीको स्मृति ग्रन्थ स्मारिकाको बिमोचन गर्दै उनले कम्युनिष्ट आन्दोलनमा अधिकारीले खेल्नु भएको भूमिका अविस्मरणीय रहेको बताएका हुन् ।

नेता नेपालले अधिकारीले देखाउनुभएको बाटोमा लाग्ने बताउदै रामेछापको माटोमा राम्रोसँग भिजेको व्यक्तित्व भएको बताए ।

कार्यक्रममा रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रिपुमर्दन अधिकारीले देखाएको बाटोमा प्रतिबद्ध भएर लागेको बताए । उनले भने,‘कम्युनिष्ट आन्दोलन अधिकारीको भूमिका निकै महत्वपूर्ण छ ।
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल,केन्द्रीय सदस्य माधव ढुंगेल, रामेछाप प्रदेशसभा २ का सांसद शान्ति पौडेल, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ लगायतको सहभागीता रहेको थियो ।

साथै कार्यक्रममा स्मारिकाको बिमोचन गरे संगै रिपुमर्दन अधिकारीको जिवन संघर्ष र निरनतरताको सबैले स्मरण गरेका थिए ।