बिहिबार, बैशाख ३१, २०८३

सगरमाथाबाट फुजी हिमालसम्मको यात्रामा मैले बुझेको जापान

फुर्वा शेर्पा,जापान ।

-बाध्यता,रहर,देशको अस्थिर राजनैतिक अबस्था,वेरोजगारले भनौ या युवाहरू बिदेशिने क्रेजको कारण मलाई पनि बिदेशिन बाध्य बनाएको ५ बर्ष भएछ थाहै नभई ५ बर्ष बिते छ । यो अवधी मलाई अझै बर्ष होईन महिना जस्तो लागिरहेको छ ।

किनकि ५ बर्षको यति लामो समयावधिभित्र के उपलब्धि हासिल भयो कति पैसा कमाई भयो ,के अनुभव आर्जन गर्‍यो भनेर प्रश्न गरेमा अनुत्तरित छु । अरू बिदेशिएका युवाहरुको हकमा मलाइ रत्तिभर थाह छैन तर म जस्तै जापानमा रहेका कैयौ युवाहरूसंग यो प्रश्नहरूको जवाफ छैन । जापान दुख गरेर बनाएको देश हो भनेर जापानीहरूसंग कुराकानीमार्फत थाह पाए ,यसमा शंकागर्ने कुनै ठाउँ छैन । किनकि उनीहरू लामो समय काम गर्छन् जिम्मेवारीलाई महत्वपुर्ण रूपमा लिन्छन। जतिनै दुख गरेपनि देशको लागि तिर्नुपर्ने कर,बिल,बिभिन्न बिमाहरू समय अगावै तिर्ने गर्दछन ।

हामी नेपाली हाम्रो देश नेपालमा हुँदा फरक वाताबरणमा हुर्किदै आएकोले नेपालको नी दुर्गम अबिकसित ठाउबाट बिकसित देशमा एक्कासि आएर उल्लेखित कुराहरू पालना गर्नुपर्दा १० केजीको भारी बोक्न सक्ने बालकलाइ ५० केजीको भारी बेाकाएर थिचिएको जस्तै हो भन्ने ठानेकेा छु । भनिन्छ जापान एउटा बिशाल महासागर हो तर जानियो भने पौडिन सके उत्रन सकिन्छ,नत्र कि त अरूले रेस्क्यु गर्नुपर्ने हुन्छ नत्र ज्यान गुमाउनु पर्ने हुन्छ ।
जति पनि जापानमा आएका युवाहरू कन्सल्टेन्सी,दलाली तथा बिभिन्न एजेन्टहरूको बहकाउमा लागेर मासिक दुइ लाखको तलबको आशा,परिबार लान पाइने ,जे जतिपनि काम गर्न पाउने जस्ता अनर्गल प्रचार तथा भ्रममा परेर जापान आएको भेटे ।
सुनेको र देखेको जापान ा।काश पाताल भिन्नता,भाषा लगायत बिभिन्न कारणले महिनौ बेरोजगार भएर बस्न बाध्य, जापान सरकारले बिध्यार्थीहरूको हकमा कलेज फि तिर्न २८ घण्टा भन्दा बढी काम गर्न अघोषित रूपमा कडाइ ,कुक,प्रशिक्षार्थी कामदारहरूको हकमा सम्झैता मुताबिक तलव सेवा सुबिधा नपाएर बिभिन्न समस्याहरू झेल्न बाध्य छन् अधिकांश जापानबासी नेपालीहरू । मेरो ५ बर्ष लामो बसाइको अनुभव अनुसार जापान यस्तो देश हो । यहाँ बिदेशीहरू सेटल हुन कम्तीमा ४,५ बर्ष लाग्छ । यहाँ चाढै कमाएर आफ्नो सपनाहरू पुरा गरौं भन्ने सोच बिरलैले मात्र पुरा गर्ने गरेको पाइन्छ । आत्मबल र धैर्यता अनि कठोर परिश्रमको प्रयायको रूपमा जापानलाइ बुझ्न सके भबिष्यमा पक्कै केरियर राम्रो हुन्छ जस्तो लाग्छ तर धेरै नेपाली युवाहरूहरू राम्ररी नबुझेर नै दुख पाएको हो जस्तो लाग्छ । केही काम गर्दा उचित परामर्श नै नगर्ने , जापानमा बिदेशीहरूले पालना गर्नुपर्ने न्युनतम आधार तथा नियमहरू पालना नगरी बाठो हुन खोजेर बाटो मोड्दा नै पछिल्लो समय जापानमा नेपालीहरू इमिग्रेसन र जापान प्रहरीको निगारानीमा परेको हो जस्तो लागिरहेको छ ।

हामी सानै देखि परावलम्बी प्रबृतिको बाताबरणमा हुर्किदै आएका छौ । जापानमा एकले अर्काको बारेमा सोच्न सकिदैन रहेछ चाहेर होस या नचाहेर यहाँ रहेका अग्रज नेपालीहरू मनि माइन्डेट भएको पाए किन रहेछ राम्ररी बुझेको छु किनकि यहाँ जे कामपनि सरसल्लाह लिएर आँफैले च्यालेन्ज गर्न नसके यहाँ जीवनयापान गर्न साह्रै गाह्रो छ भन्न चाहन्छु । मेरो पनि ५ बर्षको अवधि संघर्षमय रह्यो अझै धेरै संघर्ष गर्न बाँकी छ धेरै किसिमका समस्याहरू भोगियो तर हिम्मत कहिल्यै हारिन । किनकि भोलिको दिनलाइ मैले मानसपटलमा चित्रण गरिसकेको छु । मेरो पनि अरू नेपाली युवा साथीहरूको जस्तै अनगिन्ती सपना अनि समस्याहरू छन् तर ति सबै समस्याहरूलाइ समाधान गर्न पन्चबर्षिय योजनाहरू बनाएको छु ।

जापानमा अगाडि बढ्न खोज्नेहरूलाइ राम्रो अवसर देखेको छु तर समस्यासंग मुकाबिला गर्न नसके अनगिन्ति सपनाहरू तुहाउनु सिबाय केही देख्दिन म । हामीले केही सिक्दै पैसा कमाउनु छ ,भोलीको दिनहरूमा ति सिकाइहरूलाइ हाम्रै नेपालमा स्थान्तरण गरौं । बिदेशमा केही बर्ष परिश्रम गरौं अन्तमा हाम्रै देशमा लगानी गरेर देशलाइ अबिकसित देशको सुचीबाट हटाउन हातेमालो गर्दै अघि बढौं । बिदेशिएका हामी युवा शक्तिहरूलाइ स्वदेशमै क्षमतअनुसार परिचालन गर्न हारगुहार गरौं । धन्याबाद
http://japanremit.com/