बिहिबार, असार ११, २०८३

जापानमा ‘सेर्कु’ को प्रदर्शनको तयारीमा

जापान । तामाङ फिल्म सेर्कु को जापानमा भव्य प्रदर्शनको तयारीमा गरेको छ ।
जापानमा सेर्कु को भव्य प्रदर्शनको तयारीमा तामाङ फिल्मुसेम ताबा म्हीुले अमेरिकाको भएको फेडरेशन अफ इन्डिजेनस पिपुल्स अफ नेपाल ईन अमेरिका संस्थाद्वारा आयोजित नेपाल इन्डिजेनस फिल्म फेस्टिभल, न्युयोर्क २०१७ नामक सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा ९ वटा विधामा नोमिनेशनमा परी पिपुल्स च्वाईस अवार्ड सहित ३ वटा विधामा ह्याट्रिक र अत्यधिक दर्शकले मन परे पछि एकाएक चर्चाको शिखरमा पुगेका निर्माता तथा निर्देशक राज कुमार मोक्तानले एक बर्षभित्रै अर्को तामाङ फिल्म सेर्कु बनाउन भ्याई नेपालका बिभिन्न हलहरुमा प्रदर्शन भैसकेको र यस अघि नै सेर्कुको प्रोमोशनको लागि निर्देशक राज कुमार मोक्तान युरोप, जापान र कोरिया पुगिसकेका छन् भने स्क्रिप्ट राइटर तथा नायक ऋतुराज पाख्रिन प्रदर्शनको क्रममा कतार पुगेर फर्किसकेका छन्

यस अघि डिसेम्बर १४ मा जापानको नागोया शहरमा जापानिज दर्शकहरुमाझ देखाई सकेकाछन् भने फेब्रुअरी १० मा जापानकै टोक्योको शिन्जुकु शहरमा अबस्थित बाराकेड गूड टाईम्सुरेस्टुरेन्टमा प्रदर्शनको तयारीमा रहेको छ । जापानमा रहेको नेपाल तामाङ कलाकार संघ जापानद्वारा प्रदर्शन गर्न लागेको संघका अध्यक्ष टासी लामाले जानकारी दिएका छन् ।