मङ्गलबार, बैशाख ०८, २०८३

काभ्रे समाज मलेसियाको प्रथम बार्षिक उत्सवमा बृहत सांस्कृतिक कार्यक्रम हुने

आर एन चौधरी थारु,मलेसिया ।
“सम्पुर्ण काभ्रेली एक हौं”भन्ने मुल नाराको साथ आज भन्दा करिव एक बर्ष पहिला मलेसियामा स्थापना गरिइएको काभ्रे सेवा समाज मलेसियाको प्रथम बार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम -२०१९ भब्य आयोजना हुने भएको छ।

मलेसियामा हरेक बर्ष झै यस बर्ष पनि चाइनिज नागरिकहरुको महानपर्व चिनारायाको अवसरमा हुने ४,५ दिनको सार्वजनिक बिदालाई सदुपयोग गर्दै फेब्रुअरी ६ तारिख बुधबारको दिन राजधानी क्वालालम्पुर अवस्थित ग्राण्ड कन्टीनेन्टल होटलमा सो कार्यक्रम भब्य आयोजना गर्न लागेको काभ्रे सेवा समाज मलेसियाको प्रमुख सल्लाहकार जगत दोङ तामाङले बताए ।

नेपाली राजदुतावास क्वालालम्पुरको कार्यवाहक राजदुत कुमारराज खरेलको प्रमुख आतिथ्यतामा हुने यस् कार्यक्रमको प्रमुख आकर्षणमा मलेसियामा रोजगारीको अलावा गित,संगीतमा औधी रुचि राख्ने स्थानीय नेपाली कलाकारहरु,मोडल साईली तामाङ (सम्झना),सोनम तामाङ,गणेश तितुङ तामाङ,अशोक लामा,बिपना मोक्तान त्यसैगरी गायक,गायिका,डान्सरहरु रमित लामा,जीवन थोकर,कोष बोम्जन तामाङ,बिमली तामाङ,आशिष् लामा,छेवाङ लामा,पाल्देन थिङ्,मनिषा वाईबा लगायतको विशेष सांङ्गितिक,सांस्कृतिक प्रस्तुति रहनेछन।

समाजको प्रथम बार्षिक उत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रमको मिडिया पार्टनरमा अनलाईन न्युज पोर्टलहरु क्रमशःएभरेस्ट दैनिक,डिसि नेपाल्,इजि खबर,अनलाईनको टिभी,ओ.एस नेपाल,मातृ सन्देश र थारु अनलाईन वेबसाईट हमार सनेश ड्टकम लगायतको रहेको छ भने सो कार्यक्रमको संचालन क्लेभर सिङ तामाङ र श्याम तामाङले गर्ने तय भएको आयोजकले बताए ।