टोकियो । गैडाकोट नगरपालिका भृकुटी चोक मा ठेला पसल गरि बस्ने कृष्ण पौडेल र बिष्णु पौडेल को २२ महिनाको छोरी सिमरन पौडेलको तातो तेलमा परि शरिर को केही भाग जलेको र उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको र अार्थिक अबस्था कमजोर रहेकोले सहयोग गरिदिनु हुन समाजका हार्दिक अपिल गरेकोछ ।
नवलपरासी समाज जापानले यो खबर सुने संगै आफ्नो ठाउँमा परेको दु:खत घटना सुने पछी समाजले फेस्बुक ग्रुप मार्फत आर्थिक सहयोग अभियान सुरु गरेको र अभियानको पहिलो दिनमै एक लाख भन्दा बढी रकम सहयोगी हरुले ग्रुप मा सहयोग गर्ने भनेर अाई सकेको कोषाध्यक्ष कमल काफ्ले जानकारी दिनुभयो ।

