काठमाडौं,२ माघ । माघे सङ्क्रान्तिका उपलक्ष्यमा मंगलबार टुँडिखेलमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
ऊर्जा, सिंचाई तथा जलश्रोतमन्त्री वर्षमान पुनले र्सांस्कृतिक एकता तथा सद्भावका आधारमा विकास र समृदिका लागि अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल मगर सङ्घद्वारा माघे सङ्क्रान्तिका उपलक्ष्यमा मंगलबार टुँडिखेलमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री पुनले भने “नेपाल भौगोलिक, जातीय र संस्कृति विविधताको सङ्गमस्थल हो, यो हाम्रो ठूलो सम्पत्ति, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।
कार्यक्रममा मन्त्री पुनले सांस्कृतिक विविधताले भरिएको नेपालको मौलिकतालाई जगेर्ना गर्दै आधुनिक र समृद्धि हाँसिल गर्न सकिने बताएका हुन् । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले माघे सङ्क्रान्ति मगर समुदायको मात्र नभई सबै नेपालीको सांस्कृतिक पर्वका रुपमा नेपालभर मनाइने गरिएको बताईन । मगर समुदायबाटै मन्त्री बनेकी खानेपानीमन्त्री विना मगरले छोरी–चेली पुजिने माघे सङ्क्रान्ति पर्व भनाइ रहँदा हाम्रै मुलुकका छोरी–चेली असुरक्षित हुने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिईन । देशभरबाट विभिन्न पेसा व्यवसाय तथा स्थाई रुप्मा काठमाडौंमा बसोबार गर्ने मगर समुदायले टुंडिखेलमा भेला भएर माघी पर्व मनाएका हुन् ।
थारु समुदायले भने काठमाडौंको चुच्चेपाटीमा माघी पर्व बनाए ।
थारु समुदायको कार्यक्रममा उपप्रधानतथा रक्षामन्त्री ईश्वर पोखरेल,सांसद अमनलाल मोदीलगायतले सम्बोधन गरेका थिए ।






