मङ्गलबार, बैशाख ०८, २०८३

घले समाज जापानको सांस्कृतिक पर्व ल्होसर कार्यक्रम सम्पन्न

टोकियो । जापानमा रहेको घलेहरूको संस्था लि:ल फङ(घले समाज)जापानले सांस्कृतिक पर्व ल्होसर कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष विजय थकालीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा चर्चित दोहोरी गायक हिमाल घलेले र चर्चित मोडेल तथा गायिका रिया घलेले सहभागि सबैलाई नचाएका थिए ।

घले समाजका अध्यक्ष पुर्ण बहादुर घलेको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा एनआरएन आईसिसि सदस्य ओम गुरुङ, एनआरएन उपाध्यक्ष शिव पौडेल,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगाएत अतिथि र बाहुल्य घलेहरूको सहभागितामा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा अतिथिहरुले शुभकामना ब्यक्त गरेका थिए भने दोहोरी गायक हिमाल घलेले र चर्चित मोडेल तथा गायिका रिया घलेले सहभागि सबैलाई नचाएर मनोरंजन गराएका थिए ।


तस्वीर : प्रमेश तमु