टोकियो । नेवा खल:जापानले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । खल:ले सोमबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा महेश श्रेष्ठ हुनुहुन्थ्यो । प्रमुख अतिथि श्रेष्ठले सो अवसरमा शुभकामना मन्तब्य राख्नुहुँदै संस्थाहरूबीच एक आपसमा समन्वयको खाँचो रहेको बताउनुभयो । संस्थाहरुबीच समन्वय गरेर एकतामुलक कार्यक्रम गर्नुपर्ने उहाँको जोड थियो ।
उहाँले पूजीवादी युग भएकोले ब्यबसायिक ब्राण्ड बनाउनु पर्ने, संस्थालाई गुठीको रूपमा संचालन गर्दा राम्रो हुने धारणा राख्नुभयो । साथै, उहाँले सबै कार्यसमितिलाई बधाईका साथै शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा डा.बलराम श्रेष्ठले बार्षिक क्यालेण्डर बनाई कार्य गर्न कार्यसमितिलाई सुझाव दिनुभयो । उहाँले भाषा, कला र संस्कृतिलाई जर्गेना गर्दै नयॉ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने, नयॉ ब्यवसायको खोजी गर्दै आर्थिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
शुभकामना आदनप्रदान कार्यक्रममा एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाड्ग, जनसम्पर्क समितिका भुपु संयोजक भुपी गोविन्द श्रेष्ठ, प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ, डब्लुएन्योका संयोजक सुनिल शाक्य, समाजसेवी ईन्दिरा सुजुकी, कास्की पोखरा समाजका अध्यक्ष विकाश श्रेष्ठ, पर्वत समाजका अध्यक्ष सुजन जोशी, एनआरएनए महिला संयोजक सबिता श्रेष्ठ, ब्यबसायी भेषनारायण श्रेष्ठलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष ईश्वर जोशीले स्वागत मन्तब्य राख्नुभयो भने महासचिव निकेश श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेवा: खलको अहिलेसम्मको कार्यप्रगति तथा गतिविधीको विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै, कार्यक्रमको अवसरमा बसेको बैठकले संस्थाको संरक्षकमा महेश श्रेष्ठ, सल्लाहाकार संयोजकमा डा. बलराम श्रेष्ठ, सल्हाकारमा राजन प्रधानाड्ग, इन्दिरा सुजुकी, भुपी गोबिन्द श्रेष्ठ, बिकाश श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ, सुजन जोशी, राजन कुमार श्रेष्ठ, उत्तम श्रेष्ठ, सुनिल शाक्य, दिपरत्न शाक्य, भुपालमान श्रेष्ठलाई मनोनयन गरेको छ । बैठक अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा बसेको थियो । बैठकले नयाँ कार्य समितिलाई पुर्णतासमेत दिएको छ । यस्तो छ, कार्यसमिति अध्यक्ष प्रकाशलाल श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष ईश्वर जोशी,उपाध्यक्ष सबिता श्रेष्ठ,महासचिव निकेश श्रेष्ठ,कोषाध्यक्ष रस्मिला श्रेष्ठ,सदस्यहरू भेषनारायण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ,गोसाई रूकेश,अशोक श्रेष्ठ,उर्मिला प्रधान, अनामिका श्रेष्ठ, मोया श्रेष्ठ,निकिता उलक, रत्न शाक्य छन् ।


