सोमबार, बैशाख ०७, २०८३

मिस धिमाल २०१९ को अडिशन सम्पन्न,२५ जनालाई तालिम

उर्लाबारी । मोरङको उर्लाबारी स्थित धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विध्यार्थी मञ्चको आयोजनामा हुनगागेको मिस धिमाल २०१९ अडिशन सम्पन्न भएको छ ।
पहिलो र दोश्रो अडिशन गरी उर्लाबारी स्थित सेन्टरल फेसन हबको हलमा भएको हो । नेपाल र भारतबाट जम्मा पचास जनाले आवेदन दिएका थिए ।
आवेदन दिएका मध्ये पहिलो चरणमा ३५ र दोश्रो चरणमा पन्द्र जनाको सहभागी रहेको संयोजक सुनिल धिमालले जानकारी गराए । आवेदन मध्ये सबै जना अडिशनमा सहभागी भएकोमा खुसी र गौरवलागेको संयोजकको भनाई रहेको थियो । अडिशनमा सहभागी मध्ये २५ जना मात्र छनौट हुने र छनौट भएका २५ जनालाई माघ ६ गतेदेखी तालिम सुचारु गरिने आयोजक समितिले जानकारी गराए ।

मिस धिमाल विजेताले नगद १ लाख लगायत अन्य पुरस्काहरु, फस्ट रनरअपले ५० हजार नगद लगायत अन्य पुरस्काहरु, सेकेण्ड रनरअपले ३५ हजार नगद लगायत अन्य पुरस्काहरु रहेको र मिस ट्यालेन्ट, पब्लिक च्वाइ, मिस क्यटवक, मिस एक्टिभ, मल्टिमिडीया एवार्ड, मिस पर्सानालिटी, मिस फोटो जेनिक यी सातवटा सव टाइटलमा नगद सहित पुरस्काहरु रहेको आयोजकले जानकारी दिए ।