मङ्गलबार, बैशाख ०८, २०८३

नेपाल मगर संघ जापानले टोकियोमा भब्य मनाए माघे संक्रान्ती पर्व

http://japanremit.com/
टोकियो । सधैको दौडधुप रहने जापानको टोकियोमा गएको १३ तारिक आईतबार मौलिक संस्कृतिको धनि जनजातिहरु मध्येको एक मगरहरुले माघे संक्रान्ती पर्व भब्यताका साथ मनाएका छन ।

मगर पोषाक सहित सजिएका जापानमा रहेका मगरहरुले माघे संक्रान्ती कार्यक्रम भव्य रूपमा मनाएका हुन । जनजाति महासघं जापानका उपध्यक्ष पेम्बा शेर्पाको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा तरुल, पिडालु, सेलरोटि लगायतका खानेकुरा खाई एकआपसमा शुभकामना आदन प्रदानगरी सम्पन्न भएको नेपाल मगर सघं जापानका अध्यक्ष नविन थापाले जानकारी दिनुभयो ।

मगर संस्कार अनुसार मगर समुदयका अबिबाहित चेलिहरूलाई नगद सहित महँ , खीर र फलफ़ूल बिभिन्न परिकार खुवाई टिका, तथा खादा लगाई कार्यकममा प्रमुख अतिथि आदिवासी जनजाति महासंघ जापानका उपाध्यक्ष पेम्बा शेर्पा, नेपाल मगर सघ जापानका पुर्व अध्यक्ष ग़म जुगजाली ,थानू राना, तमुधि जापानका अध्यक्ष अनिता गुरुङ,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगाएतका अतिथिहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा अतिथिहरुमा मातृसन्देश डटकम, सनजेईन डटकम,तामङ समाज जापान ,शेर्पा समाज जापान, थकाली सेवा समितिक जापान,हिकारी कर्पोरेशन जापान,मोना जापान,पुन क़्लव जापान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लगायतका संस्थाहरू प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मंतव्य सदस्य रामहारी खपांगीले गर्नुभएको थियो भने संचालन सचिव सागर पुनले गर्नुभएको थियो ।