
टोकियो । जापानको अति व्यस्त शहर टोकियोमा १ दिने निशुल्क योग शिबिर हुने भएको छ । यहि जनवरी २० तारीक आईतवार चितवन समाज जापान र आध्यात्मिक सेवा केन्द्र जापानको संयुक्त आयोजनामा हुन गईरहेको योग शिविर निशुल्क प्रवेश रहने छ ।
उक्त शिविर नेपाल योगा एकेडेमिका डाईरेक्टर गुरु चिन्तामणि गौतमबाट संचालन हुने छ ।
अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त हुने योग शिविर सिनओकुबोको सोलमारीको मुरा हलमा २० तारीक आईतवार दिनको २ बजेबाट ५ बजेसम्म चल्ने बताईएको छ । सिमित सिट रहेको शिबिरमा सहभागि जनाउनका लागि यहि १८ तारीक शुक्रबार सम्ममा आफ्नो नाम संम्बन्धित निकाएमा टिपाउनका लागि आयोजकले अपिल गरेको छ ।
एकै किसिमका कार्यक्रमहरु भैरहेको परिपेक्षमा ‘ स्वास्थ्य र संतुलित जिवन ‘ विशेष यस किसिमको कार्यक्रमले बिभिन्न काम विशेषले विदेशिएको जनमानसमा सकारात्मक सन्देशका साथै सोचको बिकाशमा टेवा पुग्ने आयोजकको ठम्याई छ ।
करिब ३ घन्टा चल्ने शिबिर समयमै सुरु हुने र योगको आसनमा सहजहुने पोसाकमा सहभागि भईदिन आयोजकले आग्रह गरेको छ । नाम रजिस्टरका निमित्त शालिकराम भण्डारी,कपिलदेव थापा,बुद्दीराज घिमिरे,राजनकुमार श्रेष्ठ,ओम गुरुङ, ईश्वरी कंडेल,नारायण अधिकारी, बाशुदेव लामिछानेलाई संम्पर्क गर्न सकिने जनाएको छ ।

