काठमाडौं । ‘मिस तामाङ २०१९’ को पहिलो चरणको अडिसन सकिएको छ । एभरेष्ट फेसन होम र साधना कला केन्द्रको आयोजनामा बाह्रौ सस्करणको मिस तामाङ प्रतियोगिताको आवेदन गत पुस १५ गते खुल्ला गरिएको थियो ।
तामाङ युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई तामाङ जातिको कला, सस्कार सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण एबम प्रबर्द्धन गर्ने उद्देश्यले मिस तामाङ आयोजना गर्दै आइरहेको छ ।
‘मिस तामाङ २०१९’का विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत भाग लिन पाउने व्यवस्था गरिएको छ । प्रारम्भीक छनौटमा परेकाहरुलाई आत्मविश्वास, व्यक्तित्व विकास तथा सास्कृतिक जागरण लगायतका विभिन्न विषयमा एक महिने तालिम शुरु गर्ने बताएको छ ।
यस पटकको मिस तामाङमा दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगाएतको स्थानबाट २६ जना सहभागी रहेको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाले जानकारी दिइन । ‘मिस तामाङ २०१९’लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्ने गरी तयारी गरिएको उनले बताइन ।
सहभागीताको लागि तामाङ जातिको हुनुपर्ने,१६ वर्ष देखि २८ वर्ष उमेर समुहको हुनुपर्ने, कम्तीमा ५ फिट उचाई हुनुपर्ने लगायतका योग्यता निर्धारण गरिएको थियो । मिस तामाङ २०१९ को विजेताले नगद १ लाख, सिल्बर क्राउन, फस्ट रनर अपलाई ५० हजार, सिल्बर क्राउन, सेकेण्ड रनर अपलाई २५ हजार, सिल्बर क्राउन र अन्य १० प्रतिस्पर्धीलाई विभिन्न अवार्डहरु प्रदान गरिनेछ । यसबर्षको व्यवस्थापन भने एभरेष्ट फेसन होमले गर्नेछन् ।
विजेताको घोषणा तथा अवार्ड वितरण कार्यक्रम आगामी फागुन १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ ।

