काठमाडाैं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड “माघे सकराती” यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् ।
बिहिवार नेपाल मगर संघ केन्द्रीय समितिले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ ।
माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो । यसै सन्दर्भमा “माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना, नेपाल मगर संघ प्रदेश नं ३ समितिको मुख्य व्यवस्थापन र काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु (भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु)को सहआयोजनामा यहि मिति २०७५ पुस ३० गते र माघ १ गते काठमाडौको टुडिखेलमा माघेसकराती चाड मनाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक साँस्कृतिक प्रदर्शनी कार्यक्रमको समुद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिने बताइएको छ । माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुने बताइएको छ ।
माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूmल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।
माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो ।
यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ ।

