शनिबार, असार ०६, २०८३

विदेशबाट फर्केका युवाको सामुहिक लगानीमा रेष्टुरेण्ट व्यावसाय सुरु

काठमाडौं । बैदेशिक रोजगारमा मलेसिया गएर फर्केका नेपाली युवाले सामुहिक रुपमा व्यवसायमा हात हालेका छन् ।
गत हप्ता काठमाडौंमा एक कार्यक्रमका बीच मलेसिया रिटर्नी समाज नेपाल नामक संस्था गठन गरेका उनीहरुले काठमाडौंको अनामनगरमा सहयात्रा नामको रेष्टुरेण्ट सुरु गरेका हुन् ।

मलेसिया रिटर्नी समाजमा आवद्ध ८ जना मिलेर सुरु गरिएको सो रेष्टुरेण्टको बुधवार युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले उद्घाटन गर्नुभएको थियो भने उहाँले बैदेशिक रोजगारबाट फर्केका युवाले यसरी स्वदेशमा नै उद्यम सुरु गर्नु एकदमै सह्रानिय र उदारणीय काम भएको बताउनु भएको थियो । उहाँले यस्तो प्रयासलाई वर्तमान सरकारले पनि सघाउने भन्दै युवा परिषदका तर्फबाट पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाउनु भएको थियो ।

मलेसिया रिटर्नी समाजका अध्यक्ष सुनिल चालिसे, उपाध्यक्ष बिनोद खड्का महासचिव रामचन्द्र नेपाल लगायतले यो एतिहासिक काम हो यसलाई दशैभरि लगि स्वदेशमै स्वरोजगार गर्ने वातावरण रिट्नी समाजले गर्छ भनुभएको थियोे भने महासचिव नेपालले छिट्टै नै समाजमा आवद्ध रिटर्नीहरुले काठमाडौंमा यातायातसँगै तरकारी, तथा तराईको जिल्लामा माछा र कर्णालीमा र्याफ्टीङ व्यवसाय सुरु गर्ने रिटर्नी समाजको लक्ष्य रहेको बताउनु भएको थियो ।