मङ्गलबार, बैशाख ०८, २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र गतिमा हुँदै

काठमाडौँ । गौतमबुद्ध विमानस्थलकाे निर्माण कार्य तीव्र गतिमा भइरहेकाे छ । साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान हुने गरी निर्माण कार्य भइरहेको हाे। विमानस्थल निर्माण कार्य आधा भन्दा बढी सकिएको छ ।

आयोजनाका अनुसार आगामी दुई महीनाभित्र कालोपत्रको काम सकिने गरी काम भएको छ । पछिल्लो नौ महीनामा आयोजनालाई अगाडि बढाउन दर्जनौँपटक स्थलगत अनुगमन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । जसको कारण आयोजनामा उल्लेख्य प्रगति भएको पनि उनले बताए ।

विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम एकदम रफ्तारमा अगाडि बढिरहेको आयोजनाले जनाए । पहिलो चरणको कालोपत्र सम्पन्न भइसकेको र अहिले दोस्रो चरणको कालोपत्र धमाधम भइरहेको गौतमबुद्ध विमानस्थल आयोजना प्रमुखले जानकारी दिए । तेस्रो र चौथो चरणको कालोपत्र सम्पन्न भएपछि विमानस्थलमा जहाज उडान तथा अवतरणका लागि योग्य हुनेछ ।