मङ्गलबार, बैशाख ०८, २०८३

टोक्योमा साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

टोकियो । नेपालको अनाथ तथा अपाङ्ग वाल वालिकाको सहयोगार्थ अंग्रेज़ी नयाँ वर्ष २०१९ को स्वागतमा साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
जनवरी ६ नाकानो जिरो हलमाभएको उक्त साँस्कृतिक कार्यक्रम गुल्मी आपचौर सेवा समिति जापान र सेफ द चिल्ड्रेनको संयूक्त आयोजनामा सो सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
एनआरएन जापानको आपतकालीन राहतकोष र नेपालको अनाथ तथा अपाङ्ग वाल वालिकाको सहयोगार्थ अंग्रेज़ी नयाँ वर्ष २०१९ को स्वागतमा साँस्कृतिक कार्यक्रम भएको थियो ।

नेपालदेखी आउने कलाकारहरुमा नायक राजेश हमाल, लोक गायक हेमन्त शर्मा र चचित गायिका प्रिती आले र सुर्य खड्का जापानका स्थानीय लोक गायक टोक्यो तताएका थीए ।


एनआरएनए आइसीसी युवा संयोजक तथा जापानका सफल व्यवसायी सुदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम गुल्मी आपचौर सेवा समिति जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीको सभापतित्वमा शिक्षाशान्ति वाईबाले संचालन गरेको थियो ।