सोमबार, जेठ २५, २०८३

टोकियो नाकानो हलमा भब्य साँस्कृतिक कार्यक्रम

http://japanremit.com/
टोकियो । नेपालको अनाथ तथा अपाङ्ग वाल वालिकाको सहयोगार्थ अंग्रेज़ी नयाँ वर्ष २०१९ को स्वागतमा साँस्कृतिक कार्यक्रम भब्य हुने भएको छ ।
आज जनवरी ६ नाकानो जिरो हलमा साँझ ६ वजे हुने उक्त साँस्कृतिक कार्यक्रम गुल्मी आपचौर सेवा समिति जापान र सेफ द चिल्ड्रेनको संयूक्त आयोजनामा सो सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
एनआरएन जापानको आपतकालीन राहतकोष र नेपालको अनाथ तथा अपाङ्ग वाल वालिकाको सहयोगार्थ अंग्रेज़ी नयाँ वर्ष २०१९ को स्वागतमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपालदेखी आउने कलाकारहरुमा नायक राजेश हमाल ,गायक हेमन्त राना, लोक गायक हेमन्त शर्मा र चचित गायिका प्रिती आले जापान आउँदैछन भने सुर्य खड्का जापानका स्थानीय लोक गायक टोक्यो तताउने भएका छन् ।
जापानमा अहिलेसम्म भएका कार्यक्रमहरु मध्ये छुट्टै पृथक कार्यक्रम भएकोलेले भव्यताका साथ सफल हुने गुल्मी आपचौर सेवा समिति जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीको दावी गर्नु भयो ।
विशुद्ध सामाजिक भावनाले गर्न लागेको कार्यक्रममा अभियानमा एनआरएन जापानको सहयोग हुने सम्झौता भएकोले कार्यक्रम भव्यताका साथ सफल हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गुल्मी आपचौर सेवा समिति जापानका अध्यक्ष अधिकारीले बताउनु भएको छ ।