जापान । सुर्य कर्पोरेसनले जनवरी ५ तारीक शनिवार र ६ तारीक आईतबार फुकुओकामा १ दिनमै ३-३ सो गर्ने भएको छ । ओहासीको मिनामि सिमिन सेन्टरमा हुने शो, दिउसो १२ देखि ३, बेलुका ३ देखि ६ र साँझ ६ देखि नौ गरी एक दिनमै ३ पटक शो गर्न लागिएको छ ।
नेपाली चलचित्रको बिदेशि बजार बिस्तारको यो एउटा नविन प्रयास भएको र व्यस्त समयका बाबजुत दर्शकहरुको समय अनुसार नेपालमै जस्तो चलचित्र हेर्ने अवसरका निमित्त यसो गरिएको कर्पोरेसनका प्रबन्ध निर्देशक बाशुदेव लामिछानेले बताए ।
जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुने लक्ष्य राखेको कर्पोरेसनले हालसम्म यस अघि पनि टोकियो, ओकिनावा, फुकुओका, चिबा, तोचिगि, ओशाकामा सफल प्रदर्शन गरिसकेको छ ।
यस संगै ५ र ६ तारीक शनिबार र आईतबार पुन फुकुओका, १ दिनमै ३/३ सो गर्ने भएको हो । ६ जनवरी, आईतबार गुन्मा, १३ जनवरी, आईतबार निगाता, २४ जनवरी, बिहिबार कोबेको शो पनि तय भैसकेको र अन्य स्थानहरुको प्रदर्शन पनि यसै गरि क्रमिक रुपमा तय गरीने बताईएको छ ।
दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अवस्था राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।
फुकुओका शहरको मिनामि सिमिन सेन्टर, ओहासिमा जनवरी ५ तारीक शनिवार र ६ तारीक आईतबार १ दिनमै ३-३ शो प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा ३,००० तय गरिएको छ ।

