जापान । अनेसास जापानका दोस्रो कार्यकालका अध्यक्ष वेदप्रसाद पौडेलको ४७ वर्षको अल्पायुमैं निधन भएको छ।
स्याँङ्जाको चिलाउनेवासमा सन १९७२ ओक्टूवर १६ मा जन्मनु भएका पौडेल गत साता २८ डिसेम्वरमा संघीय राजधानी काठमाण्डू निवासमा निधन भएको हो ।
अन्तराष्ट्रिय साहित्य समाज जापान ( अनेसास )का संस्थापक अध्यक्ष हुनुहुन्छ भने दोस्रो कार्यकाल ( २००५~२००७) लागि अनेसासमा पौडेल अध्यक्ष हुनुहुन्थ्यो।
त्यसपछी करिव २ वर्ष अघीदेखी उपचारकै क्रममा नेपालमा उहाको आफ्नै परिवारसङगै बस्दै आउनु भएको थियो ।
स्वर्गीय पौडेलको श्रीमती एक छोरा र एक छोरी छन ।
जापानको अध्ययन पश्चात फुजित्सु कम्पनिमा वरिष्ठ कम्प्युटर इन्जीनियर पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ जापानको सफल व्यक्तित्व भएकोले नेपालीको उदाहरणीय हुनुहुन्थ्यो ।
जापानमा परिवारसहित स्थायी बसोबास तथा एजुकेन भई सकेका पौडेल पछील्लो समय विरामीका कारण नेपालमा धेरै र जापानमा कम बस्ने गर्नुहुन्थ्यो ।
अनेसास जापानले एक प्रेस विज्ञप्ति जारी गरी श्रद्दान्जली व्यक्त गरेको छ ।
अनेसास जापानका वर्तमान अध्यक्ष दीप पाठकको हस्ताक्षरित एक प्रेस विज्ञप्ति जारी गरी पौडेल प्रती हार्दिक श्रद्दान्जली व्यक्त गरेको छ ।
स्वर्गीय पौडेल नेपाल जापान डट कमका संस्थापक सम्पादक तथा अनेसास जापानका पूर्व अध्यक्ष हुन ।

