मङ्गलबार, बैशाख ०८, २०८३

टोक्योमा सम्पन्न तमु ल्होसार सांस्कृतिक कार्यक्रमको एक झलक

http://japanremit.com/
जापान । तमु समुदायको नयाँ वर्ष तमु (फो-ल्हो) ल्होसार बुधबारका दिन टोक्योमा भब्यताको साथ सम्पन्न भएको छ ।
नेपालबाट आमन्त्रित कलाकारहरुको साथमा तमुहरुको पहिचान झल्कने बिबिध साँस्कृतिक कार्यक्रम सहित ल्होसार २०१९ भब्य रुपमा मनाएको हो ।
आफ्नो मौलिक परम्परा र सस्कृतिलाई जिबन्त राख्ने र तमुबिच भाइचाराको सम्बंन्ध कायम राखी आपसी मिलाप र शुभकामना आदान प्रदान साटासाट गर्ने हेतुले तमु धिं जापानले हरेक साल ल्होसार कार्यक्रमको आयोजना गर्दै आइ रहेको छ । तमु धिं जापानको आयोजनामा भएको २४ औ ल्होसार कार्यक्रम कलकारहरुले टोकियोको चिसोलाई न्यानो बनाउन नेपालबाट लोक गायिका काजल गुरुङ र नेपथ्यका पुर्ब भोकलिस्ट तथा पप गायक गौतम गुरुङ र छेत्र वहादुर गुरुङ साथै जापानका गुरुङ र ग्रैरगुरुङ स्थानीयहरुले कलकारहरुको वेजोड प्रस्तुति थियो ।
लोकप्रिय गित ‘छातिमा मेरो यो छोटो भोटो, कलिलो तामालाई सोध आमालाई’ सोह्र बर्षे उमेरैमा म पनि झिल्के हुदो हो’ जस्ता सर्बाधिक लोकप्रिय गित गाएर नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पचिचान बनाउन सफल नेपाली लोक संगीतको धरोहर छेत्र वहादुर गुरुङलाई श्रष्ठा सम्मान गरेको थियो ।
जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औपचारिक समारोह जापानस्थित विभिन्न संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधीहरुको आतिथ्यतामा तमु धीं जापानकी अनिता गुरुङको सभापतित्व र महासचिव चित्र गुरुङले संचालन गरि सम्पन्न भएको थियो ।