सोमबार, जेठ २५, २०८३

नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुल्ला

बनेपा । नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुल्ला गरिएको छ ।
लुकेको प्रतिभाको खोजीमा रहेको नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुल्ला गरिएको हो ।
आगामी माघ २३ गते हुने उक्त अर्वाडका लागी मंसीर ३ गतेवाट आवेदन फारम खुला गरिएको आयोजक नेशनल पावर न्युजका अरबिन्द्र गौतमले जानकारी दिनु भयो । नेपाली सहित देउडा,नेवारी, तामाङ, मैथली – भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा,मगर, गुरुङ भाषाका गीतहरु अवार्डमा सहभागी हुन पाउने जनाएको छ ।नेपाली भाषाको हकमा २०१८ जनवरी १ देखि २०१८ डिसेम्बर १ सम्म बजारमा आएका गीतहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि तिन वर्ष भित्रका गीतहरुलाई समावेश गरिने छ ।
आवेदनको म्याद मंसिर ३ बाट पुष २० गते सम्म अन्तिम गरिएको छ । सम्पर्कको लागी
नेशनल पावर न्युजको अफिस डिल्लीबजार काठमाडौंमा सम्पर्क गर्न अपील गरेको छ ।