मङ्गलबार, बैशाख ०८, २०८३

कानागावा नेपाली कम्युनिटीले ढाका टोपी दिवस मनायो(फोटोफिचर)

http://japanremit.com/
जापान । कानागावा नेपाली कम्युनिटीले गत बर्ष जस्तै यस वर्ष पनि जनवरी १ तारिक नेपाली ढाका टोपी दिवस मनाएको छ ।

जापानको योकोहामामा मंगलवार प्रवासी नेपालीहरु भेला भई नेपाली ढाका टोपी दिवस मनाएका हुन ।
चौथो अन्तराष्ट्रीय नेपाली ढाका टोपी दिवसको अवसरमा भेला भई नेपाली टोपी बचाउ गरेका हुन । सबैले शीरमा ढाकाटोपी ढल्काएका थिए । उपस्थित सबैले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन १ जनवरीलाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै भेला भएर दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट राज्यले हटाइएको भन्दै संविधान संशोधनमा यो विषयलाई पनि उठाउनुपर्ने माग समेत रोखेका थिए ।



तस्विर : प्रकाश पौडेल