टोकियो । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयाजनामा नेपाली साहित्य र श्रृजनामा सक्रिय श्रष्टाहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्य सहित “नेपाली कविता प्रतियोगीता” जापानको टोकियोमा सम्पन्न भएको छ ।
अध्यक्ष सुभाष लोहनीको सभापतित्व र अनेसास केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माईला’, को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रकाश पौडेल “माईला”अनेसास जापानका पूर्व अध्यक्ष बेलु थापा र साहित्यकार भुवन रोकाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा तीन दर्जन जति श्रष्टाहरुका कविता प्राप्त भएका थिए । ती मध्ये २२ वटा कविताहरु प्रतिस्पर्धामा बाचनको निम्ति छानिएका थिए । सहभागी श्रष्टाहरुका कवितामा रविन्द्र दिखुक्पाको “एकबिटो सपना”, सबिना रेग्मीको “आमा रुवायौ भने”, बिमन किरातीको “प्रवासि चराको सपना” र दिप मुस्कानको “सुन्दर नेपाल” क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्दै ३१,०००, २१०००, ११,००० र ७,००० जापानी एन प्रमाण पत्र र मायाको चिनो प्राप्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै केन्द्रका अध्यक्ष लोहनीले केन्द्रले बिगतमा गरेका कार्यहरु प्रस्ट पार्दै जापानमा रहेका साहित्यकारहरुलाई हौसला र सम्मान गर्न यस्ता कार्यक्रमहरु आबस्यक रहेको र आगामी दिनहरुमा पनि जापानका अरु संघ संगठनहरुसग सहकार्य गर्ने कुरा प्रष्ट पारेका थिए । केन्द्रका सचिव तथा कार्यक्रम संयोजक कुमार वनले सन्चालन गरेको यस कार्यक्रममा सहसचिव गणेश बिष्टले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

तस्विर : दुर्गाप्रसाद आर्चाय


