सोमबार, जेठ २५, २०८३

सृजु अधिकारीको‘बेण्ड बाजा’बोलको म्युजिक भिडियो सार्बजनिक

काठमाडौँ । गायिका तथा मोडल सृजु अधिकारी नेपाली म्युजिक इन्डस्ट्रीमा पछिल्लो चरणमा निकै व्यस्त कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन । उनको कलाकारिताकै रुपमा देश विदेश भ्रमण गर्ने क्रम जारीनै रहेको छ ।

भरखरै उनले निकै फरक शैलीको ‘बेण्ड बाजा’ बोलको म्युजिक भिडियो सार्बजनिक गरिकीछिन । यो म्युजिक भिडियोमा उनको आफ्नै स्वर र मोडलिङ रहेको देख्न पाइन्छ। अधिकारीले आफ्नै शब्द र आफ्नै म्युजिकमा उक्त मुजिक भिडियो तयार पारेकी हुन् ।

उक्त भिडियोमा एकदम रोमान्टिक रुपमा देखिएकी मोडल तथा गायिका सृजु अधिकारीले गायन तथा मोडल क्षेत्रलाई एक साथ लिएर अघि बढेकी छिन् ।
म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस।