काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज केन्द्रिय अभ्यक्ष डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गर्नु भएको छ ।
आईतवार काठमाडौंको टुँडिखेलमा तमूहरुको चाड ल्होछारको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक विमोचन गर्नु भएको हो ।
पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताउनु भयो । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।
बेलायतमा तमूहरुले सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि गरेको संघर्षलाई समेटेर पुस्तक लेखिएको हो । पुस्तकमा तमु धिं युकेको हालसम्मको आठ नेतृत्वको अनुभवलाई समेटिएको छ । पुस्तकमा तमुधिं युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ । प्रवासमा रहेर पनि समाजसेवामा पुर्याएको योगदान र मानवीय सहयोगका लागि तमुधिंले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाएको पत्रकार गुरुङले बताउनु भयो ।
त्यसैगरी, उक्त पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि आइतबार नै विमोचन भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिं युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरेका हुन् ।
पत्रकार गुरुङद्वारा लिखित उक्त पुस्तक २३२ पृष्ठ भएको जानकारी दिनुभयो ।

