बिहिबार, असार ११, २०८३

पेमानुरी शेर्पाको अध्यक्षतामा संखुवासभा समाज जापान गठन

टोकियो । संखुवासभा जिल्ला समाज विभिन्न देसमा गठन गर्ने क्रममा २६ भन्दा बढी मुलुकमा गठन भइसकेको छ । यो क्रमलाई निरन्तरता दिने क्रममा विगत दुइ वर्ष देखिको प्रयासलाई यस पटक अन्तिम टुङो लगाइ संखुवासभा समाज जापान राष्ट्रिय कमिटी गठन गरि घोषणा गरेको छ ।
संखुवासभा समाज अन्तराष्ट्रिय समन्वय परिषदबाट समाज गठनको लागि गरेको पटक पटकको अनुरोधलाई मध्यनजर गर्दै जापानको विभिन्न क्षेत्रमा बसोबास गर्नुहुने संखुवासभा जिल्लावासीहरुसंग सम्पर्क गरी संखुवासभा समाज जापान राष्ट्रिय तदर्थ समिति गठन गरेको जानकारी समाजको अध्यक्ष पेमानुरी शेर्पाले जानकारी गराउनु भयो ।
जापानमा सबै जनाको समय अत्यन्तै व्यस्त हुने भएकोले सबै जिल्लावासीहरु एकै पटकमा भेट हुने सम्भावना कम छ त्यसैले समय हुने साथीहरुसँग क्रमश भेट्ने र अनलाईन मार्फत नै छलफल गरेर अगाडि बढ्ने तथा समाजको आगामी दिनको काम कर्तव्य र उद्देस्य पनि तय गर्ने गरी
हाललाई एक जना सदस्य भविष्यमा थप गर्ने गरी ११ सदस्यीय संखुवासभा समाज जापान राष्ट्रिय तदर्थ समिति (२०१८ घोषणा गरेको जानकारी गराउनु भएको छ ।
राष्ट्रिय कार्य समिति पदाधिकारीहरु निम्नानुसार रहेको छ ।

१ अध्यक्ष : पेमानुरी शेर्पा ,टोक्यो
२ प्रथम उपाध्यक्ष : नबिन दाहाल ,तोचिगी
३उपाध्यक्ष : मौसम राई ,टोक्यो
४ महासचिव : दिवस सुवेदी , योकोहामा
५ सचिव : गोविन्द दाहाल ,गुन्मा केन
६ कोषाध्यक्ष : संगिता मास्की लुङ्गेली, यामागुची केन
७ सदस्य : शिक्षा सत्याल, कावासाकी
८ सदस्य : बादल राई , टोक्यो
९ सदस्स : दामन राई ,ओकिनावा
१० सदस्य : दिप कुँवर ,सेन्दाइ
एक सदस्य पछि मनोनित गर्ने निर्णय गरेको छ ।
संखुवासभा समाज जापानको राष्ट्रिय कार्यसमितिले समाजसेवी एवं सफल व्यवसायी ध्रुव थापालाई सल्लाहकारमा मनोनय गरेको छ ।