मङ्गलबार, बैशाख ०८, २०८३

जलवायु सम्मेलनको तयारी पुरा,नवदुलही झैं सझाइयो गुफाडाँडा

चौतारा । प्राकृतिक सुन्दरताले भरिपूर्र्ण गुफाडाँडा,त्यसमाथि नव दुलही जस्तै श्रृंगारिएपछि अहिले गुफा डाँडाको चर्चा एक्कासी चुलिएको छ ।
मेलम्ची गाउँपालिकाको ९ स्थित ज्यामिरेको उपल्लो हिमाली भूभागमा अवस्थित गुफाडाँडामा यही पौष १६ र १७ गते पहिलोपटक राष्ट्रिय जलबायु सम्मेलन हुने भएपछि यसको चर्चा अहिले चारैतिर चल्न थालेको हो ।

सामुद्रि सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको गुफाडाँडामा हुन गइरहेको सम्मेलनका लागि सबै तयारी भइसकेको सम्मेलन संयोजक एवम् सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका छन् । शनिबार नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको तेस्रो बैठकमा उपस्थित सञ्चारकर्मीहरुसँग संक्षिप्त भेटघाट गर्दै संयोजक तामाङले १६ गतेको प्रतीक्षा मात्र रहेको जानकारी गराए । विश्वको जल्दोबल्दो समस्या बन्दै गरेको जलबायु परिवर्तनको मुद्धा सिन्धुपाल्चोकबाट शसक्त ढंगबाट उठान हुनेमा उनले विश्वास व्यक्त गरे । जलवायु परिवर्तनको समस्याबाट स्थानीयतह बढी प्रभावित हुने र स्थानीयतहबाट समस्या समाधानका लागि पहल गर्नु पर्ने जिकिर गर्दै संयोजक तामाङले सिन्धुपाल्चोकबाट आवाज बुलन्द गर्न यो राष्ट्रिय जलवायु परिवर्तन सिन्धुपाल्चोक मै आयोजना गर्न लागेको जानकारी गराए ।

प्रमुख तामाङका अनुसार सम्मेलन स्थललाई यतिखेर दुलही झैं श्रृंगारिएको छ । जलवायु परिवर्तन सम्वन्धीको संचेतनात्क प्रतिमा निर्माण भइसकेको छ भने ७७ वटै जिल्लाको नामाकरण गरिएको पोलमा राष्ट्रिय झण्डा फरफराइ सकेको छ । सेमिनार हल निर्माणका साथै प्राविधिक कार्य पनि सम्पन्न भइसकेको छ ।
सम्मेलनको उद्घाटन षौष १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ ।