
टोकियो । धादिङ समाज जापानको तेस्रो अधिबेशनको बन्द सत्रबाट अध्यक्षमा पुन:निर्विरोध कृष्णप्रसाद खनाल निर्वाचित हुनु भएको छ ।
शनिवार टोकियोस्थित सोलमोरी मुरा हलमा सम्पन्न भएको अधिवेशनवाट खनाल अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा खनालसहित वरिष्ठ उपाध्यक्ष दिनेश लोहनि,उपाध्यक्षहरूमा श्याम तिमील्सिना,राम सिम्खडा र महिला उपाध्यक्षमा सुजता दुवाडि,महासचिवमा विमल श्रेष्ठ,सचिवमा सन्तोष तिवारी,कोषाध्यक्षमा श्रीकृष्ण अर्याल ,सह-कोषाध्यक्षमा विष्णुकुमार श्रेष्ठ सर्वसहमति चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा दिनेश सिल्वाल्,दिनेश अधिकारी,दिनेश पण्डित,प्रलाद अधिकारी,रामबाबु दनाई,शिबशक्ति अधिकारी,सुशान्त वानियाँ,दुर्गाप्रसाद आचार्य,पुरुषोत्तम अर्याल,बद्री खनाल,विजय सडौला,सिजन श्रेष्ठ चयन हुनु भएको छ ।
गैर्आवासीय नेपाली संघ आइसीसीको युवा संयोजक सुदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा ,धादिङवासी प्रा.डा होम रिजाल,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए जापानका उपाध्यक्षद्वय शिबप्रसाद पौडेल,सरोज खत्री,महासचिव बुद्दीराज घिमिरे,प्रवक्ता पर्शु बस्नेत,नेपाल आदिवासी जनजाति महासंघ जापानका महासचिव शान्त पहरी लगाएत जापानका विभिन्न संघ संस्थाका प्रमुखहरूको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।



