टोकियो । नेपालको अनाथ तथा अपाङ्ग वाल वालिकाको सहयोगार्थ अंग्रेज़ी नयाँ वर्ष २०१९ को स्वागतमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
गुल्मी आपचौर सेवा समिति जापान र सेफ द चिल्ड्रेनको संयूक्त आयोजनामा सो सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
एनआरएन जापानको आपतकालीन राहतकोष र नेपालको अनाथ तथा अपाङ्ग वाल वालिकाको सहयोगार्थ अंग्रेज़ी नयाँ वर्ष २०१९ को स्वागतमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
टोकियोस्थित नाकानो जेरो हलमा जनवरी ६ मा सो कार्यक्रममा नेपाल देखी आउने कलाकारहरुको भिषा प्रकृया पुरा भईसकेको संयोजक अनुरोध घलेले बताउनु भएको छ ।
नेपालदेखी आउने कलाकारहरुमा नायक राजेश हमाल ,गायक हेमन्त राना, लोक गायक हेमन्त शर्मा र चचित गायिका प्रिती आले जापान आउँदैछन भने सुर्य खड्का जापानका स्थानीय लोक गायक टोक्यो तताउने भएका छन् ।
जापानमा अहिलेसम्म भएका कार्यक्रमहरु मध्ये छुट्टै पृथक कार्यक्रम भएकोलेले भव्यताका साथ सफल हुने गुल्मी आपचौर सेवा समिति जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीको दावी गर्नु भयो ।
विशुद्ध सामाजिक भावनाले गर्न लागेको कार्यक्रममा अभियानमा एनआरएन जापानको सहयोग हुने सम्झौता भएकोले कार्यक्रम भव्यताका साथ सफल हुने कार्यक्रमको तयारी तीव्र गरिएको छ ।

