मङ्गलबार, बैशाख ०८, २०८३

‘तमु ल्होसार’को दिन पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’को दिन पुस १५ गते सार्वजनिक बिदा दिइने भएको छ ।

तमु ल्होसारको दिन गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै तमु ल्होसारमा बिदा दिने निर्णय गरेको छ । आदिवासी जनजाति समुदायले आफ्नो विशेष पर्वको दिन सार्वजनिक बिदाको माग सहित सरकारलाई दबाब दिँदै आएको छ ।

गण्डकी प्रदेशमा गुरुङ समुदायको बाहुल्यता भएकोले यस प्रदेशमा सार्वजनिक बिदा दिन लागिएको हो । गुरुङ समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशमा तमु ल्होसारका दिन सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द हुने छ ।