मङ्गलबार, बैशाख ०८, २०८३

जापानमा ख्रिष्मस कार्यक्रम भब्यताका साथ सम्पन्न (फोटोफिचर )

http://japanremit.com/
टोकियो । जापानका विभिन्न शहरमा छरिएर रहेको इशाई बिश्वासीहरुको साझा संस्था नेपाली इसाइ एकता समाज जापानको आयोजनामा प्रभु येशुको जन्मोउत्सब बडा दिन मनाएका छन् ।
गत आइतबार जापान भरिका नेपालीहरुको माझ प्रभु येशुको जन्मोउत्सब तथा ख्रिसमस भब्याताका साथ सम्पन्न्न गरेको हो ।
चिबा नेपाली चर्चका अगुवा तथा नेपाली ख्रिस्टियन एकता समाजका उपाध्यक्ष बिजय सुनारले शुरुको प्राथना गर्नुभएको थियो । यस वर्षको ख्रिश्मस कार्यक्रमको सभापतित्व नेपाली ख्रीष्टियन एकता समाज जापानको अध्यक्ष तथा उत्साह नेपाली चर्चको अगुवा सुर्य रार्इले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अथिति उत्साह नेपली चर्च टोक्योका पास्टर चन्द्र किरण खपांगी रहनुभएको थियो । वहाँले परमेश्वरको जीवित बचनद्वारा ख्रिस्मसको बारेमा प्रकाश पार्नुभएको थियो जुन यशु जन्मेको दिन,मिलाप,आनन्द र सुसमचारको दिन बिशेष गरी मिलापलाई केन्द्रित गर्नुभएको थियो ।

यस ख्रिष्मस कार्यक्रमको कोयर ग्रुपमा उत्साह नेपाली चर्च टोक्यो,चिबा नेपाली चर्च,युहान नेपाली संगति एम र गुम्बा तोचिकी चर्च मिलेर ठुलो झुण्डमा कोयर ग्रुप तयार गरिएको थियो । कोयर टिमका लिडर नेपाली ख्रिस्टियन एकता समाजका सदस्य सन्देश श्रेष्ठले गर्नुभएको थियो । यसै गरि स्वागत मन्तब्य नेपाली ख्रिस्टियन एकता समाजकी कोषाध्यक्ष माया लामा गर्नुभएको थियो । लगभग ५ घण्टासम्म भएको कार्यक्रम जापान भरिका इसाई बिस्वाशिहरु र नेपाली मण्डली नेपाली मन्डलिहरुको लगभग २५० जनाको उपस्थिती रहेको थियो ।
यस ख्रिश्मस कार्यक्रमलाई ख्रिष्टियन महासंघका अध्यक्ष पास्टर सि बि गहत्राज, नेपाल इसाइ समाजका महासचिब पास्टर डिल्लिराम पौडेल र नेपाली स्पिकिङ फेल्लोशिप अन्तराष्ट्रिय अध्यक्ष निर्देशक पस्टर भद्र राइ युकेबाट जापानमा रहनुहुने सबैलाई ख्रिष्मस कायएक्रमलाई शुभकामना पठाउनुभएको थियो ।

यसै गरी आराधना चर्च फुकक,नागोय नेपाली संगती, टोयोटा नेपाली संगती नगोया र ओकिनावा नेपाली संगती बाट शुभकामना भिडियो पठाउनु भयो थियो । यस कार्यक्रममा बिभिन्न मन्डलिहरुबाट नृर्त्य ,गीत,भजन,नाटक र जीवन लगयत शुभकामना आदान प्रदान गरिएको थियो । बिशेष गरी साहित्य बिधालाई पनि प्रभुको महिमा गर्न डालिका मिजार र थमन पुनले कबिता र गजल जोड्दार प्रस्तुती गर्नु भएको थियो । यस वर्षको ख्रिश्मस कार्यक्रम सबैसँग भलाकुसरी प्रेम साटसाट सामुहिक प्रिती भोज साथै फोटो सुटको थियो ।
कार्यक्रम दुई सेसनमा सन्चालन भएको थियो पहिलो सेसन बिनय थिङ र डिकन समिना रुपचाले सन्चालन गर्नुभएको थियो भने दोश्रो सेसन एसराज नेपालीले सन्चालन गर्नुभएको थियो । सम्पूर्ण नेपाली इसाइ एकता समाज का कार्यसमिती यस वर्षको ख्रिस्त्मस कार्यक्रमको अथीत्य मा सु-सम्पन भएको थियो । नेपाली इसाइ एकता समाजका अध्यक्ष तथा एल्डर सुर्य राइ ले सबै उपस्थित हुनुहुने दाजुभाइ दिदिबहिनीहरु , मन्डली परिवार , बिभिन्न संघसस्थाले आर्थिक सहायत गर्नुहुने,सवयमसेवक ,कोयर ग्रुप,किचन टिम र मिडिया टिम प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धन्यवाद दिहनुभएको थियो ।
प्रमुख अथीती उत्सह नेपाल चर्चका पास्टर किरण खपङी मगरले अन्तिम प्रथाना गरेर यस वर्षको ख्रिष्मस कार्यक्रम सकिएको घोषणा भएको थियो ।

@ तस्विर : नन्द गुरुङ,जापान