टोकियो । नेपाल तामाङ समाज जापानले तामाङहरूको महान पर्ब सोनाम ल्होछार कार्यक्रम प्रयेक बर्ष झै यसपालि पनि नेपालबाट ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरी जापानको बिभिन्न शहरमा ल्होछार मनाउने भएको छ।
कार्यक्रम तयारी तीव्र बनाएको नेपाल तामाङ समाज जापानले नेपालबाट गायक रोज़ मोक्तान जापान आउने निश्चित भएको छ ।
चर्चित गायक रोज मोक्तानको जापान भिसा प्रक्रिया सम्पन्न भएको समाजको महासचिब हिमाल लामाले बताउनु भएको हो ।
कार्यक्रमलाई मध्यनजर गरेर नेपालबाट जापानमा आफ्नो आफन्तहरूलाई बोलाउन १ महिने निशुल्क डकुमेन्टेशन तथा परामर्श सेवा संचालान गरेको पनी छ
यो अभियान यहि डिसेम्बर १५ देखि जनवरी १५ को अवधिसम्म १ महिनाको रहने छ। जापानको कुनै पनि ठाँउमा भएपनि समाजको फेसबुक पेज वा ईमेल मार्फत जोडिन सकिने छ। समाजले यसपालिको ल्होछार कार्यक्रम आगामी फेब्रुअरी १७ मेगुरो कुमिन सेन्टर टोक्योमा गर्ने तयारी भईरहेको समाजको अध्यक्ष कुमार मोक्तानले जानकारी दिनु भएको छ ।

