टोकियो । पत्रकार प्रेमिला गौचनको सक्रियतामा स्पाइन ट्युमरका विरामी नबनित जोशीको उपाचारार्थ सहयोग एक हप्तामा १ लाख ३३ हजार येन संकलन गरि स्वास्थ्यमा क्रमिक सुधार , बिरामी जोशीले सहयोगी सबैलाई भेटेरै धन्यवाद दिने प्रतिवद्दता
गत डिसेम्वर पहिलो सातामा कंचनपुर , महेन्द्र नगरका नवनित जोशिलाई सहयोगी गर्ने सबैलाई भेटेर धन्यवाद दिने अश्वासन दिएका छ । स्पाइन ट्युमरका कारण अकस्मात शरीरको विभिन्न अंगमा शल्यकृया गर्नु परेको जोशीको नेपालबाट बाबु आमासँग पटक पटक मगाएको पैसा पनि सकिएको थियो । सेन्दाइ तोयोको विश्वविद्यालय अस्पतालले डिसेम्वर १० तारिखसम्म १० मान जसरी पनि तिर्नु पर्ने ह्विप जारी गरेपछी उनी आपतमा परे ।
उनको शरीरको विभिन्न अंगमा शल्यकृया गरेको हुनाले उनी स्वयम आँफै दिशा – पिशाब गर्न सक्दैनथे ,पिशाव गर्नको लागि पाइप जोडीएको थियो । झोल पदार्थ पनि अरुको साहारामा खानु पर्थ्यो , हलचल केही पनि गर्न सक्दैनथे । तथापी उनको जापानमा पनि नजिकको आफन्त कोही नभएको खबर मन्जु गिरी ( चिवा ) र प्रेमिला गौचन ( टोकियो ) सूचना पायौ र यो भाईलाई तुरुन्तै सहयोग चाहिने महसुस गर्दै हामी दुबै जनाको पहलमा आकस्मिक सहयोगको अभियान थालेको जानकारी दिएको थियो ।
हाम्रो अभियानलाई जापानबासी नेपालीहरुले सक्दो सहयोग गर्नु गरेका थिए। हामी दुबै जनाको तर्फ बाट पनि सबै सहयोगीहरुलाई धन्यवाद नदिइ रहन सकिदैन , जवकी हाम्रो अभियानलाई सहर्स स्वीकारी गरी यस अभियानलाई तदरुकताका साथ विरामी स्वयमको वैंक खातामा रकम फुरीकोमी गरेका थिए ।
परिवारको एक्लो सन्तान २७ वर्षिय जोशी ३ वर्ष पहिले अध्ययनका लागि जापान आएका थिए । जापानको सेन्दाइस्थित एक कलेजमा अध्ययनरत अचानक जोशी विरामी परेका हुन । जोशीको कोठा नजिकको अस्पाताले रोग पत्ता लगाउन नसकेकोले ठुलो अस्पातलमा विभिन्न चेक जाच गर्दा गर्दै विमार भएको ३ महिना पछी बल्ल स्पाइन ट्युमर रोग लागेको तथ्य पत्ता लागेको थियो ।
उनी अहिले बिस्तारै २,४ पाइला हिंड्न सक्ने भएका छन। जनवरी दोस्रो हप्तासम्म भिसा भएको जोशिको अस्पातलको कागजात पेश गरे अनुरुप उनको भिसा थप गर्ने अध्यागमनको अधिकारीले सकारात्मक जवाफ आएकोले पनि उनी प्रफुल्ल छन ।

