बिहिबार, असार ११, २०८३

जापानको विदेश मन्त्री तारो कोनोले नेपालको औपचारिक भ्रमण गर्दै

शान्त पहरी,टोकियो । जापानको विदेश मन्त्री तारो कोनोले जनवरी दोस्रो हप्तामा नेपालको औपचारिक भ्रमण गर्ने भएका छन ।
मन्त्री कोनो आफ्नो समकक्षी नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको निमन्त्रणामा ९ जनवरी देखि १० सम्म नेपाल भ्रमण गर्ने जनाएको छ ।
जापानको विदेश मन्त्रालय स्रोतहरुको अनुसार सत्र सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जापानको विदेश मन्त्री भारतको नयाँ दिल्लीमा प्रमुख भू-राजनीतिक र भू-आर्थिक सम्मेलनमा भाग लिएर नेपाल जाने कार्यक्रम तय भएको छ ।
भ्रमणको समयमा कोनोले आफ्ना समकक्षी ज्ञवालीसंग द्विपक्षीय वार्ता सञ्चालन गर्नेछन् र नेपालको प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विध्या देवी भण्डारी लगायतका शीर्ष नेतृत्वसंग भेंट हुने जनाएको छ ।
गत महिनाको नेपालको परराष्ट्र मन्त्री ज्ञवालीले जापानको भ्रमण गरेका जापानी समकक्षीको निम्तो दिएका थीए ।
भ्रमणको सम्पूर्ण प्रकिया पुरा भएको नेपाली
राजदूतावास जापानले जानकारी दिएको छ ।
मन्त्री कोनोको यस भ्रमणले दुई देश नेपाल र जापानबीचको सम्बन्ध अझ बलियो हुने नेपाली पक्षले विश्वास लिएको छ ।
मन्त्री कोनोको भ्रमण जापानले विदेशी कामदार ल्याउने भनेर कानून पारित गरिसकेको अवस्थामा रोज़गार सम्बन्धी कार्यले नेपाललाई थप टेवा पुग्ने जानकारहरूको आकलन गरेका छन ।