टोकियो । शेर्पा संघ जापानले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि बौद्ध धर्मावलम्वीहरुको मुख्य चाड ल्होसारलाई भब्यताका साथ मनाउने भएको छ । बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४६ औँ ग्याल्पो ल्होसार, स मो फाग लो (सुंगुर बर्ष) अविश्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा संघले तयारी थालेको छ ।
फेब्रुअरी १७ तारिख आईतबारका दिन तय गरिएको ल्होसार बिशेष कार्यक्रम टोक्योस्थित हामामाचु स्टेसन नजिकैको मन्दिर रेष्टुरेन्टमा हुँदैछ । ल्होसार बिशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझमा टोक्योका स्थनिय कलाकार हरुको बेजोड प्रस्तुती रहने छ । कार्यक्रम सफल बनाउन दावा शेर्पाको संयोजकत्वमा ल्होसार व्यावस्थापन उपसमिती बनेको उप-संयोजक डुकु (थिमी)शेर्पाले बताए।
कार्यक्रममा २०१८ मा सेन्मोन ग्राजुसन् गरेका शेर्पा विद्यार्थीलाई बधाई तथा सम्मन गर्ने साथै संस्कृती झल्कने नृत्य तथा शेर्पा पोषाक पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । ‘भाषा धर्म र सस्कृतिकको संरक्षण शेर्पा संघ जापान को अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको ल्होसार बिशेष विविध सांस्कृतिक कार्यक्रमसमेत दावा शेर्पाले जानकारी दिनु भयो ।
संघका अध्यक्ष छेवाङ्ग शेर्पाले जापानबासी नेपालीहरूलाई ल्होसार कार्यक्रममा सहभागि भइदिन आग्रह गरेका छन । जापानको कानुन अनुसार दर्ता भएको पहिलो नेपाली संस्था शेर्पा संघले जापानबासी नेपाली समुदायलाई आपतविपदमा बिभिन्न सहयोग गर्दै आएको छ

