सोमबार, बैशाख ०७, २०८३

इन्टरनेटमा बताउन थाल्यो !

गजल,
माया गर्छु भन्दै सधै इन्टरनेटमा बताउन थाल्यो !
रिप्लाइ मैले नदिएपछि घरिघरी सताउन थाल्यो !!

खै त्यसपछि त कुरै छोडम म आफैलाइ के के भयो !
उसको मेसेज नदेख्दा नी मन सारै छटपटाउन थाल्यो !!

हजारौँको भिडमा उसले मेरो मन जितिहालेपछि !
दिलभित्र सधैको लागी उसकै माया अटाउन थाल्यो !!

हेर्दा हेर्दै समय पनि छिटै वितेकोे जस्तो दुई वर्ष !
अब त विहे गरौ भन्दै उसले समय घटाउन थाल्यो !!

सम्झना श्रेष्ठ सर्गम