टोकियो । धादिङ् समाज जापानको यहि २९ तारिख हुने तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ ।
समाजका अध्यक्ष,कृष्ण खनालका अनुसार, अधिवेशन तयारी लगभग सकिएको छ । २९ तारिखका लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरुमा निमन्त्रणा लगायतका कामहरु पूरा भएको छ । अध्यक्ष खनालका अनुसार समाज,- धादिङ् जिल्लाका विभिन्न स्थानबाट आई, विविध पेशा व्यवसायमा संलग्न धादिङेलीहरुमा प्रवासमा भईपरि आउने समस्याहरुमा सहजिकरण गर्दै, धादिङ्को भौतिक तथा शैक्षिक विकासको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ कृयाशील रहेको र आगमी दिनमा अझ शसक्त र प्रभावकारी ढंगले अगाडि बढाउने योजना रहेको छ ।
जापानमा रहेका समग्र धादिङेलीहरुको हकहित र समस्याहरुको सम्बोधन गर्नका लागि खोलिएको संस्था भएकाले, उल्लेख्य सहभागिता जनाई अधिवेशनलाई भव्य बनाउनका लागि महाचिव लोहनीले , सम्पुर्ण जापानबासी धादिङेलीहरुलाई समय छुट्याउनको लागि आग्रह पनि गर्नुभएको छ ।

